शिक्षा

सङ्क्रमण बढेपनी भर्ना कार्यक्रम नरोकिने : शिक्षा मन्त्रालय



काठमाण्डौ २२ साउन । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि विद्यार्थी भर्ना कार्यक्रम नरोकिने भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि भदौ १ गतेदेखि हुने भनिएको भर्ना अभियानमा नरोकिने शिक्षा मन्त्रालयले स्पष्ट पारेको हो । सङ्क्रमण बढ्दै गए पनि सुरक्षा सावधानी अपनाए जोखिम नहुने भएकाले भर्ना अभियान प्रभावित नहुने मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनुभयो । उहाँले भर्ना कार्यक्रममा सहभागी हुने अभिभावक, शिक्षक र सम्बन्धित व्यक्तिलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

   उहाँले भर्ना सुरु गर्नुको अर्थ पठनपाठन नै सुरु भएको भनेर नबुझ्न पनि आग्रह गर्नुभएको छ । भर्ना गर्न जाँदा बाटोदेखि शैक्षिक संस्थासम्म व्यक्तिगत दूरी कायम गर्ने, सकेसम्म सार्वजनिक गाडीमा यात्रा नगर्ने र गर्नै परे पनि पटक पटक साबुनपानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने गर्नुपर्छ । भर्ना गर्ने ठाउँमा पनि भिडभाड गर्नु हुँदैन । यसका लागि विद्यालयले पनि दूरी कायम गर्ने व्यवस्था मिलाउन प्रवक्ता शर्माले आग्रह गर्नुभयो ।

  उहाँले पठनपाठन कहिलेदेखि सञ्चालन गर्ने भन्ने बारेमा चाँडै नै विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा जारी गर्ने र त्यसपछि मात्रै थाहा हुने बताउनुभयो । कार्य ढाँचामा सुरक्षा  सावधानी लगायत मापदण्डका कुराहरु पनि समावेश हुने उहाँको भनाइ छ । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि भएको लकडाउनका कारण यो वर्षको नयाँ शैक्षिक सत्र अनलाइन विधिबाट चलिरहेको छ । 

प्रकाशित : २२ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६