काठमाडौं २२ साउन । नेपाली काँग्रेसमा १४ औँ महाधिवेशन केन्द्रित गुटगत कसरत जारी छ । कोरोनाभाइरसको महामारीकै बीचमा आगामी फागुन ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्न तम्सिएको काँग्रेसभित्र सभापतिका आकांक्षीबीचको गुटगत कसरत बाक्लो छ । कोरोनाको यस्तो अवस्थामा महाधिवेशन कसरी गर्ने भन्ने विषयभन्दा गुटगत रणनीतिमा नेताहरुको व्यस्तता बढी छ । सभापतिका आकांक्षीहरुमा गुटभित्र उपगुट निर्माण गर्ने अभ्यास पनि जारी छ । यता कोरोनाको वर्तमान अवस्था केही समय जारी रहे महाधिवेशन हुने–नहुने टुंगो पनि छैन ।
रातोपाटी
प्रतिक्रिया