बैङ्कका कर्मचारीमा सङ्क्रमण देखिदा कनट्याक्ट ट्रेसिंग गर्न गारो ।
कपिलवस्तु २२ साउन २०७७
कोरोना जित्ने दाउमा रहेको कपिलवस्तुका समुदायमा कोरोना सङ्क्रमण बढ्न सुरु भएको छ । साउन १३ गते शिवराज नगरपालिकाका समुदायका १३ जनामा कोरोना देखिएको थियो । बिहीबार सम्म जिल्लाका ६ स्थानीय तहका समुदायमा ५४ जना कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ । समुदायमा कोरोना जाँच्ने क्रममा कपिलवस्तुमा दैनिक रूपमा कोरोना सङ्क्रमित थप हुँदै गएका छन् । बिहीबार थप भएका मध्ये ९ जना बैङ्कका कर्मचारी, २ जना मेडिकल सञ्चालक , ३ जना एनजिओकर्मी, २ स्वास्थ्य कर्मी , १ शिक्षक , १ प्रहरी समेत रहेका छन् । जिल्लाका व्यापारी, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, एनजिओकर्मी, बैंकर, सुरक्षाकर्मीमा कोरोना देखिएको छ ।
कपिलवस्तुका समुदायमा बिहीबार २१ कोरोना सङ्क्रमित थप भएका छन् । यो थप भए सँगै जिल्लाका समुदायका ७१ सक्रिय कोरोना सङ्क्रमित फेला परेका छन् । समुदायबाट शिवराज नगरपालिकामा १७ जना, कपिलवस्तु नगरपालिकामा २६ जना, कृष्णनगर नगरपालिकामा १० जनामा कोरोना देखिएको छ । साउन महिना यता कपिलवस्तुमा समुदायमा कोरोना सङ्क्रमित फेला पर्न सुरु गरेका छन् । साउन १३ गते पछि समुदायमा कोरोना भेटिन लागे पनि सरोकारवाला निकायले रोकथामका कदम चालेका छैनन् । प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलका अनुसार जिल्लामा लकडाउन विषयमा छलफल भइरहेको बताए । आज बैठक बस्ने तयारी रहेको छ साँझ सम्मका निचोडमा आउने पौडेलले जानकारी दिए ।
कोरोना नियन्त्रणमा खटिने संस्थाका कर्मचारीमा कोरोना ।
कोरोना नियन्त्रणमा लागी सहयोग पुराएको कालिका स्वावलम्बन सामाजिक संस्थाका ३ जनामा कोरोना देखिएको छ । संस्थाका तर्फबाट कोरोना नियन्त्रणमा खटिएका २ महिला र १ पुरुषमा कोरोना देखिएको छ । संस्थाले क्वारेनटाइनमा रहेकालार्इ सामाग्री सहयोग, व्यवस्थापनमा सहयोग गर्दै आएको थियो ।
जोखिम बन्दै बैङ्क ७ बैङ्कका १६ कर्मचारी सङ्क्रमित ।
कपिलवस्तुमा १६ जना बैङ्कका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ । समुदायमा कोरोना फैलिएको जाँच गर्ने क्रममा ७ बैङ्कका कर्मचारीमा कोरोना देखिएको छ । जिल्लाका सदरमुकाम तौलिहवा र कृष्णनगरका बैङ्कका कोरोना देखिएको छ । सदरमुकाम तौलिहवामा रहेको ग्लोबल आई एम ई बैङ्कका ३ जना , गुह्येश्वरी फाइनान्सका ४ जना मेघा बैङ्कका २ जना तिनाउ मिसन डेभलपमेन्ट बैङ्कका २ जना र लक्ष्मी बैङ्कका १ जना र कृषि विकास बैङ्कका १ जना कर्मचारीलाई कोरोना देखिएको छ । यसै गरी कृष्णनगरमा रहेको नेपाल बैङ्कका २ कर्मचारी र एभरेस्ट बैङ्कका १ कर्मचारीमा पनि कोरोना देखिएको थियो । पछिल्लो समयमा बृद्धभत्ता , योजनाका कामकाका लागी बैङ्कमा दैनिक भिडभाड हुने गरेको थियो । बैङ्कमा भिडभाड हुने हुँदा कनट्याक्ट ट्रेसिंगमा समेत समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाले बताए ।
प्रतिक्रिया