शिक्षा

एसईईको नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने



 काठमाडौं २२ साउन। माध्यमिक शिक्षा परीक्षा को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएकाले नतिजा प्रकाशन गर्न केही दिन लाग्ने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराजा खकुरेलले जानकारी दिए ।‘विद्यार्थीको नाम थर, प्राप्तांक आदि रुजु भइरहेको छ’ परीक्षा नियन्त्रक खकुरेल भन्छन्, ‘नतिजा आएपछि विद्यार्थीको गतिविधि बढ्ने भएकाले केही दिन पर्खेर हेर्नुपर्ने देखिन्छ ।

          ’काठमाडौंमा कोभिड १९ संक्रमितको संख्या बढ्दै गएपछि बोर्डले नतिजा प्रकाशनमा ढिलाइ गरेको हो । बिहीबारसम्म काठमाडौं उपत्यकामा ७८९ जनामा संक्रमण देखिएको छ ।गत ६ चैतका लागि निर्धारित एसईई कोरोनाकै कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो । विद्यालयहरूले जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए ।

         विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो । देशभरी एसईईका लागि ४ लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका छन्।

प्रकाशित : २२ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६