कपिलवस्तु २२ साउन । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहीवार अतिआश्यक वाहेकका सरकारी कार्यालय वन्द गर्ने सुचना जारी गरेको छ । समुदायमा कोरोना संक्रमण बढ्दै जान थाले पछी प्रशासन कार्यालयले एक विज्ञप्ती जारी गर्दै जिल्ला भरी लागु हुने गरी निर्णय गरेको छ । विज्ञप्ती अनुसार कपिलवस्तुका बैंक अति आवश्यक वाहेकका सरकारी कार्यालय साउन मसान्त गरी वन्द हुने छ । यस्तै निजी सवारी साधनमा जोर विजोर लागु गरेको छ । निजी सवारी साधन जोर गतेका दिनमा जोर नम्वर र विजोर गतेका दिन विजोर नम्वर मात्र संचालन हुन पाउने छन । माल वाहक सवारी साधनमा जोर विजोर लागु गरीएको छैन ।
२२ श्रावण २०७७, बिहिबार
प्रतिक्रिया