कपिलवस्तु २२ साउन ।जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले साउन २३ देखि मसान्त सम्म जिल्ला ब्यापी लकडाउन भएकोछ । संक्रामक रोग ऐन २०२० अनुसार आंशिक लकडाउन गरिएको छ । अत्याबश्यक सेवा वाहेक सबै सेवा बन्द , माल वहाक ढुवानी साधन वाहेक सबै साधन बन्द गर्ने ,निजी साधन जोर विजोर प्रणालीवाट संचालन गर्ने गरी लकडाउन गरिएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पाण्डेद्धारा हस्ताक्षरीत सूचनामा यस्तो जनाइएको हो । प्रशासकीय अधिकृत मनोज कुमार शैनीका अनुसार स्वास्थ्य मापदण्ड पुरा गरेर ब्यापार ब्यवसाय र उद्योग धन्दा संचालनमा भने रोक लगाइएको छैन । सबै सरकारी ,गैर सरकारी ,वित्तिय सेवा प्रवाह र सार्वजनिक सवारी साधन संचालनमा भने आंशिक लकडाउन गरिएको शैनीको भनाइछ ।
२२ श्रावण २०७७, बिहिबार
प्रतिक्रिया