जीवनशैली

शिवपुजन हत्याकाण्डमा प्रितमलाई थुनामा राख्न आदेश



कपिलवस्तु अदालतको आदेश उच्च अदालतद्धारा खारेज

कपिलवस्तु  २३ साउनतत्कालिन माओवादी नेता शिवपुजन कुर्मी, उनका भाई चौधरी कुर्मी र बहादुर कुर्मीको
हत्या अभियोगमा कपिलवस्तु जिल्ला अदालतबाट धरौटीमा छुटेका कांग्रेस नेता प्रितम
पाण्डेलाई उच्च अदालतले थुनामा राख्न आदेश दिएको छ । कपिलवस्तु जिल्ला अदालतका २
नम्बर न्यायधिश लालकाजी श्रेष्ठले विभिन्न हत्या अभियोगमा लामो समय देखि फरार रहदै
आएका शुद्धोधन गाउँपालिका मुडफुटवाका कांग्रेस नेता प्रितम भन्ने सुखिनाथ
पाण्डेलाई १० लाख धरौटी लिएर छाडेपछि पिडितहरु निर्णय विरुद्ध उच्च अदालत पुगेका
थिए ।

उच्च अदालत बुटवल इजलाशले प्रितम भन्ने सुखिनाथ पाण्डेलाई
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७८ बमोजिम १० लाख रुपैया धरौटी माग
गर्ने गरि कपिलवस्तु जिल्ला अदालतबाट मिति २०७६
//१८ मा भएको आदेश मिलेको नदेखिदा बदर
गरिदिएको छ । बुटवल इजलाशका मुख्य न्यायधीश बाबुराम रेग्मी र न्यायधिश कृष्ण कमल
अधिकारीको संयुक्त इजलाशले प्रतिवादी प्रितम पाण्डेलाई मुलुकी फौजदारी कार्यविधि
संहिता २०७४ को दफा ६७ अनुसार थुनामा राखि मुद्धाको पुर्पक्ष गर्न जिल्ला अदालतका
नाममा परमादेश जारी गरेको छ । पीडितका पक्षबाट बहस गरेका अधिवक्ता वृजेन्द्र
चौधरीले जिल्ला अदालतले सुरुमै दफा ६७ बमोजिम थुनामा राख्ने मुद्धालाई ६८ मा
लैजादा समस्या आएको बताउनुभयो ।
अब मुद्धा
जिल्लामै चल्छ तर पिडक आरोपी थुनामा रहन्छन्
उहाले भन्नुभयो ।

२०६४ चैत ९ गते होलीको दिन माओवादी कार्यकर्ता रहेका
हथिहवाका शिवपुजन कुर्मी माथि ४ जनाले गोली प्रहार गरेका थिए । घटना वारदातका
क्रममा उपस्थित दर्जनौ प्रत्यक्षदर्शीले प्रहरी बयान तथा अनुसन्धानमा स्थानीय
प्रितम भनिने सुखिराम पाण्डे
, जर्नादन पाण्डे, धर्मेन्द्र सिंह क्षेत्री र नसिम खाँनले
गोली हानेको बताए । सोहि अनुसन्धानका क्रममा सबै जना फरार भए । प्रहरीले विभिन्न
चरणमा लामो संर्घष पछि नसिम खाँन र धर्मेन्द्र सिंह क्षेत्रीलाई १ बर्र्ष पछि
पक्राउ गर्यो र शिवपुजन हत्यामा बारे पुर्पक्षका लागि थुनामा पठायो । १२ बर्ष सम्म
फरार रहेका प्रितम पाण्डे एकाएक पुस १७ गते अदालतमा आफै हाजिर भए र १८ गते
श्रेष्ठको एकल इजलासले धरौटीमा छाड्ने आदेश दियो । अर्का आरोपी जर्नादन पाण्डे भने
फरार रहेका छन् ।

२०६१ सालमा माओवादी विरुद्धको प्रतिकार समितिका नाईके तथा
अपराधी पृष्ठभूमिका प्रितम पाण्डेलाई
हत्या अभियोगमा धरौटीमा छाड्ने आदेशले कपिलवस्तु अदालतका २ नम्बर न्याधिश लालकाजी
श्रेष्ठ विवादित बनेका थिए । एउटै हत्या अभियोगमा संलग्न ४ जना मध्ये २ जना
पुर्पक्षका लागि थुनामा छन् भने एक जना फरार तर प्रितम भनिने सुखिराम पाण्डेलाई
सहजै धरौटीमा छाडिएपछि अदालतको न्याय सेवा प्रति पुनः कपिलवस्तुबासीले शंका व्यक्त
गरेका थिए ।
मृतक शिवपुजनका छोरा होमप्रकाश चौधरीले
जिल्लाको आदेश गलत भएपछि आफुले पुनरावेदन गरेको र सफल भएको बताउनुभयो ।
१२ बर्ष पछि हाजिर हुनु, २ दिनमै मुद्धाको आदेश हुनु र धरौटीको १० लाख शुक्रबार
बेलुकी ५ बजे आदेश हुदा पनि सोहि दिननै नगद बुझाउनुले आदेश शंकास्पद देखिएको थियो
, हामीले जिल्ला अदालतको आदेश खारेजीको
पुनरावेदन गरेका थियौ
उहाले भन्नुभयो ।

प्रितम पाण्डे विरुद्ध शिवपुजन बाहेक अरु ३ जनाको हत्या
अभियोग समेत छ । २०६३ साल असार १३ गते हथिहवा गाविसमा स्थानीय केशव भरको हत्याको
नेतृत्व प्रितम पाण्डेले गरेको मुद्धामा किटानी जाहेरी छ । उनका बाबु दारु भरले
छोराको हत्या प्रितम
, धर्मेन्द्र सिंह र द्धारिका यादवले गरेको जाहेरीमा उल्लेख छ । यसैगरि २०६१ साल
वैशाख १८ गते चौधरी कुर्मी र चेतन कुर्मीलाई विठुवामा हत्या गरिएको अभियोगमा समेत
प्रितम पाण्डे विरुद्ध किटानी जाहेरी छ तर प्रहरीले हाल सम्म उक्त घटनाको मुद्धा
अनुसन्धान भएको छैन ।

प्रकाशित : २२ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६