कपिलवस्तु २३ साउन ।कपिलवस्तु जिल्लाकालागि यस आर्थिक बर्ष २०७७/०७८ मा संघिय सरकारको भौतिक योजना मन्त्रालय मार्फत तराई मधेश सडक पूर्बाधार बिशेष कार्यक्रमअन्तर्गत १२ वटा योजनाहरु छनौट भएका छन । भौतिक पूबार्धार तथा यातायात मन्त्रालय अन्तर्गत १२ वटा प्रत्येक पूर्बाधार योजनाहरुकालागि ४०/४० लाख बजेट बिनियोजन भएको छ ।
जसमा जिल्लाको कृष्णनगर सडकको रुद्रपुर खण्डबाट जगदिशपुर हुदै पत्थरदैया सडक ,भारतीयसिमा हरिबेशपुर मनखोरिया बिमिहिया महादेव सडक ,सोहसा पतरिया पटना राजमार्ग सडक ,कपिलवस्तु तकिहवा राजपुर शिबभारी भारत सिमा सडक ,पिपरा पकडी चाकरचौडा (नेपाल भारत सिमा )सडक ,कृष्णनग आरटीओ बालापुर दरवा खैरा सडक र मायादेबी पथ तिलौराकोट लुम्बिनी सडकका योजनाहरु संघ अन्तर्गत परेकाछन् ।
यसैगरि बोडगाँउ मोर्मि जिनुवा भर्लाबास अर्घाखाँची सडक कालोपत्रे ,हुलाकी राजमार्ग अन्तर्गत तौलिहवा बहादुरगंज हुदै आरटिओ सम्मको सडक ,बौद्ध सर्किट तिलौराकोट लम्बुसार पटना बनगवाहुदै पच्चीस बगिया रुपन्देही सडक ,लुम्बिनी सिसहनियाकोट गोटिहवा तिलाराकोट सडक ,मजदिपुर सुल्तानपुर बेल्सापुर सिहोखोर पिपरहवा सडक ,बुढि राजमार्ग प्रतियाक्षालय टाँकु बक्टापुर सडक र कपिलवस्तु नगरपालिकाको कुश्मा हरनामपुर ,बिकुली मार्थि सडक जस्ता सडक पूर्बाधारका योजनाहरु रहेका छन ।
यस्तै सडक पूर्बाधार बिकास कार्यक्रमकालागि कपिलवस्तु जिल्लालाई योजनाहरुको प्राथमिकता मै राख्दै कुल २ करोड ८० लाख लागतका ७ वटा योजनाहरु छनौट भएका छन ।यस आर्थिक बर्ष २०७७/०७८ मा सडक पूर्बाधार बिकास कार्यक्रम अन्तर्गत रहेका ७ वटा योजनाहरुमा भौतिक पूबार्धार तथा यातायात मन्त्रालयले प्रत्येक पूर्बाधार बिकासका कार्यक्रमहरुका लागिपनि ४०/४० लाख बजेट बिनियोजन गरेकोछ ।
प्रतिक्रिया