अर्थ-वाणिज्य

गाउँपालिकाको रकम हिनामिना गरेको आरोपमा लेखापालसहित चार पक्राउ



रुकुमपश्चिम, २३ साउन । गाउँपालिकाको २५ लाख रुपैंयाँ हिनामिना गरेको आरोपमा रुकुमपहिचमको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीसहित चार जना पक्राउ परेका छन् ।बिहीबार राति गाउँपालिकाको कार्यालयमा हिनामिना गरेको रकमको कागजात मिलाउने क्रममा उनीहरु पक्राउ परेका हुन् ।लेखापाल केसीले सरकारी रकम आफ्नो, श्रीमती र भतिजाको खातामा जम्मा गरेको आरोपमा उनीसहित लेखा सहयोगी तथा लेखापालका सहोदर भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भिमसेनलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिएका छन् ।

           रातको समयमा गाउँपालिकाको कार्यालयमा बाहिरबाट ताला लगाई कागजात मिलाउँदै गरेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनीहरुलाई कार्यालयबाटै पक्राउ गरेर जिल्ला सदरमुकाम ल्याएको छ ।लेखापाल केसीमाथि गत वर्ष २०७६–०७७ को बजेटबाट २४ लाख ९२ हजार ३७२ रुपैयाँ आफ्नो, श्रीमती र भतिजा सुवासको खातामा जम्मा गरेको आरोप छ । घटनाको पर्दाफास भएपछि विभिन्न शीर्षकमा अनाधिकृत रुपमा आफ्नो र परिवारका सदस्यको खातामा जम्मा गरेको उक्त रकम केसीले गाउँपालिकाकै खातामा फिर्ता गरेका छन् ।

      विना कुनै प्रयोजन व्यक्तिका खातामा सरकारी रकम जम्मा भएको थाहा पाएपछि गाउँकार्यपालिकाले समेत चासो व्यक्त गरेको थियो । यो कुरा बाहिरिएपछि जिल्ला प्रशासन कार्यालयले छानविन थालेको छ ।अहिले उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । आरोप प्रमाणित भएमा कानुन बमोजिम कारबाही गरिने प्रजिअ पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित : २३ श्रावण २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६