काठमाडौं २३ साउन। राष्ट्रियसभाका विषयगत समितिमा पुरानै सभापतिहरु फेरि नयाँ कार्यकालका लागि पनि निर्विरोध निर्वाचित भएका छन् ।दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) निर्वाचित भएका हुन् ।सभापति चयनका लागि बिहीबार मनोनयन दर्ता गराउँदा चारवटै समितिमा एक एक जनाको मात्र उम्मेदवारी परेको थियो । शुक्रबार उनीहरु निर्वाचित भएको घोषणा गरिएको हो ।
२३ श्रावण २०७७, शुक्रबार
प्रतिक्रिया