कपिलवस्तु २३ साउन ।बिद्युत कर्मचारी समेत कोरोना संक्रमित भएपछि नेपाल बिद्यूत प्राधिकरण तौलिहवा बितरण केन्द्र सिल गरिएको छ ।यतिबेला तौलिहवा नै कोरोनाको नयाँ इपिसेन्टर बन्न पुगेकोछ।प्राधिकरणले सुचना जारी गर्दै आगामी साउन ३२ गते सम्मकालागि प्राधिकरण सिल गरिएको हो।बिहीवार प्राधिकरणको मिटर शाखामा कार्यरत हेल्पर संक्रमित भएको पुष्टी भएपछि प्राधिरकरण सिल गरिएको केन्द्रका प्रमुख जय कुमार यादवले वताउनु भयो।
आफना कर्मचारी कोरोना संक्रमित भएको र जनतासंग प्रत्यक्ष संपर्कमा रहेर काम गर्नु परकोले प्राधिकरणका कर्मचारी कोरोनोका उच्च जोखिममा रहेको हुदा सिल गरिएको वताउनु भयो । संक्रमित हेल्पर आफनै निवासमा रहनु भएको छ ।यता समुदायस्तर मै कोरोना फैलिएको भन्दै प्रशासनले अत्यावस्यक सेवा बाहेकका सबै सेवाहरु आगामी साउन ३२ सम्मकालागि आंशिक लकडाउन गरेको छ । जिल्लामा ८ बैकका १६ कर्मचारीमा समेत कारोना संक्रमति भएपछि जिल्लाभरका बैकिङ सस्थाहरु बन्द गरिएका छन ।
जिल्लामा ८ सय ४० संक्रमित छन । त्यस मध्ये ७ सय ५५ जना निको भई घर फर्केका छन । जिल्लामा अहिले समुदाय स्तरको कोरोना अवस्था पत्ता लगाउन द्रुतगति नमुना स्वाब सकलन जारी राखिएको छ । यता कपिलवस्तुको वाणगंगा नगरपालीकामा समुदाय स्तरमा स्वाव संकलन गरिएको छ । विभिन्न वैक तथा वित्तिय संस्थामा काम गर्ने ५१ जना, ७ जना क्न्ट्याक ट्रेसिङमा परेका व्यक्ति र भारत तथा तेश्रोम ुलकुवाट आएका अन्यको गरि ११९को स्वाव संकलन गरेको नगर स्वास्थ्य शाखाका प्रमुख ठगराज पौडेलले जानकारी दिनु भयो ।
प्रतिक्रिया