रुपन्देही २३ साउन । प्रदेश ५ का १ सय ९ स्थानीय तहमध्ये १० वटा स्थानीय सरकारले नागरिकलाई सामान्य साक्षर सम्म तुल्याउन सकेका छैनन् ।जसका कारण अहिले सम्म ९९ वटा तहमा मात्र साक्षरता घोषणा भएको भएका छन्।१० वटा स्थानीय तहमा साक्षरता घोषणा हुन नसक्दा प्रदेश ५ साक्षर प्रदेश घोषणा बन्नबाट रोकिएको छ।
प्रदेश सरकारले नीति कार्यक्रम र बजेटमा आर्थिक बर्ष २०७५/०७६ मा साक्षर प्रदेश घोषणा गर्ने कार्यक्रम राखेको भएपनि अहिलेसम्म साक्षर घोषणा हुन सकिरहेको छैन।बाँकेमा ८ वटा स्थानीय तहमध्ये अझै ४ वटा र कपिलवस्तुमा १० वटा तहमध्ये ४ वटा मात्रले घोषणा गरेका छन् ६ वटा तहले घोषणा गर्न बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।स्थानीय तहहरुले शिक्षामा कम चासो दिने र संघीय सरकारले स्थानीय तहको जिम्मेवारी भएको ठान्ने भएकाले बाँकी रहेका स्थानीय तहहरुमा साक्षरता घोषणा गर्न नसकिएको शिक्षा निर्देशनालयको भनाइ छ।
साक्षरता घोषणा हुन नसकेका पालिकाले निरक्षरको तथ्यांक, कर्मचारी र कार्यक्रमको अभाव झेलिरहका छन्। मन्त्रालयका अनुसार बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका, नरैनापुर, बैजनाथ, र डुडुवा गाउँपालिका तथा कपिलवस्तुमा कृष्णनगर, महाराजगञ्ज, कपिलवस्तु नगरपालिका तथा यशोधरा, मायादेवी र विजयनगर गाउँपालिका साक्षरता घोषणा हुन बाँकी रहेका छन्।
सामाजिक विकास मन्त्री सुदर्शन बरालले अहिले साक्षरता घोषणाभन्दा पनि कोभिडको रोकथाम, नियन्त्रणमा बढी केन्द्रीत भएको भन्दै कोरोनाको संक्रमण न्यून भएपछि र कोरोना त्रास हटेपछि साक्षरता कार्यक्रमलाई अगाडि बढाउने बताए।
प्रतिक्रिया