बुटवल २३ साउन । प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी सेल्फ क्वारेन्टाइनमा जानु भएको छ । उहा सहित सहित ४ जनाको पिसीआर परिक्षणको लागि स्वाब संकलन गरिएको छ। मन्त्री केसी, उहाको गाडीका चालक र २ जना सुरक्षा गार्ड र पिएसओको पिसिआर परिक्षणको लागि स्वाब संकलन गरिएको मन्त्रीका स्वकीय सचिव पदम कुँवरले बताउनु भयो । मन्त्री केसी केही दिनअघि काठमाडौंमा कोरोना संक्रमित प्रदेश २ का समकक्षी ज्ञानेन्द्रकुमार यादवसँग एउटै कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।
प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा प्रधानमन्त्री, गृहमन्त्रीसँगै सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरु सहभागी थिए। कार्यक्रम सकेलगत्तै मन्त्री केसी बुटवल फर्केका थिए। हिजो बिहीबार मात्र प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
प्रतिक्रिया