कपिलवस्तु २४ साउन ।गत जेठ २६ गते जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा बैठक बस्यो । बैठकले जिल्लामा कोरोना संक्रमणको दर बढ्दै जान थालेपछि जिल्लामै कोरोना परीक्षणका लागि मेसिन खरिद गर्ने महत्वपूर्ण निर्णय ग¥यो । प्रशासनको निर्णय १० वटै पालीकाका प्रमुखहरुका बिचमा भएको थियो । त्यतिबेला कपिलवस्तुमा ५ सय ६६ जनामा कोरोना संक्रमण देखिसकेको थियो ।भारतबाट अत्याधिक नेपाली नागरिक स्वादेश फिर्ता हुने क्रम पनि बढेको थियो । अनि पालिकास्तरमा बनाईएका क्वारेन्टाईन भरिभराउ भएका थिए । क्वारेन्टाईनमा बस्नेहरुले पिसिआर परिक्षण भएको १० देखी १५ दिनसम्म रिपोर्ट कुर्नपर्ने बाध्यता थियो ।
यहि बाध्यतालाई सहन नक्सदा केही त क्वारेन्टाईबाटै समेत भागे । यो समस्यालाई गम्भिर रुपदै लिदै प्रशासन पहलमा भएको सर्बपक्षिय बैठकले अब जिल्लामै प्रगोगशाला बनाउने अनि परिक्षण गर्ने कूरो बाहिर आएको हो । तर यो कूरो बैठकको माईन्यूडमा मात्र सिमित रह्यो । स्वाब सङ्कलन गर्दै परीक्षणका लागि बुटवल ,दाङ ,काठमाण्डौं ,भैरहवा पठाउनुपर्ने अनि रिपोर्टका लागि २ साता दिनसम्म कुर्नुपर्ने बाध्यता रहेको त्यो बेला राम्रो निर्णय भन्दै जिल्लाबासी खुसीको प्रतिक्रिया आएको थियो ।
बैठक बसेको १ हप्ता भित्रमा जिल्ला सदरमुकाम तौलिहवा अस्पतालमा ल्याव सञ्चालन गर्ने निर्णय भएको करिब २ महिना हुन लागेको छ । एक हप्ता भित्र अस्पत्ताल विकास समितिको खातामा रकम पठाएर एक महिना भित्रै कोरोना परिक्षण जिल्ला अस्पतालवाट गर्ने गरि निर्णय कार्यान्वयनमा ल्याउने गरि पालीकाका जन प्रतिनिधिहरुले प्रतिवद्धता समेत जनाएका थिए । ल्याव स्थापनाका लागि प्रदेश सरकारले ५० लाख रुपमा उपलव्ध गराउने निर्णय भएको थियो । वाँकी आवश्यक रकमका लागि जिल्लाका एक पालीकाले ६ लाखका दरले १० पालीकावाट ६० लाख उपलव्ध गराउने निर्णय पनि बैठकमै भएको थियो ।
कुल १ करोड १० लाखमा जिल्ला अस्पतालमा पिसिआर मेसीन जडान गरि परिक्षण कार्य शुरु गर्ने गरि निर्णय भएको हो । एकातिर अहिले सम्म कुनै पनि रकम आएको छैन । तर अर्काेतर्फ अहिले यो १ करोड १० लाख रकम प्रगोशाला स्थापनाका लागि अपुग हुने देखिएपछि रकम जुटाउने काम लागेको प्रमुख जिल्ला अधिकारी पौडेलले दावि गर्नु हुन्छ । निर्णय कार्यान्वयन नहुनु भनेको चुनौतीको बिषय भएको उहाको भनाइछ । थप रकम जुटाउने तयारीमा रहदा सांसद बृजेश कुमार गुप्ताले १ करोड ४७ लाख रकम कोरोना अस्पत्तालमा आइसियू सेवाकालागि दिने गरि रकमान्तरणको निर्णय भई सकेकोछ ।
यता सम्बन्धित पालिकाले आफ्नो निर्णयलाई आफै धोति लगाएका छन् भने सांसद बृजेश कुमार गुप्ताको रकम पनि आएको छैन । सबैभन्दा पहिला कोरोना ल्याव बनाउन ५० लाख दिने निर्णय गरेको प्रदेश ५ सरकारले आफ्नो निर्णय आफै धज्जी उठाउने र जनतामाथि भ्रमको खेती गर्ने काम गरेकोछ ।
यता ल्यावको आवश्यक जनशक्ति तथा सम्पुर्ण रेखरदेख जिल्ला अस्पताले गर्ने गरि तयारी अघि बढाईएको र प्रतिवेदन पनि बुझाई सकेको अस्पतालका डां. किशोर बन्जाडेले बताउनुभयो । खातामा कहि कतैबाट रकम नआएको उहाको भनाई छ । करिब १५÷२० दिनसम्म जिल्लामा कोरोना भाईरस संक्रमितहरु भेटिएका थिएन । जिल्लामा पुन कोरोना सत्रंmमण बढ्ने अवस्था आईपुगेका बेला अहिले ल्यावको अत्तोपत्तो छैन । एकसाता यता जिल्लामा समुदायस्तरमै सक्रंमित भेटिन थालेपछि पून खतराको घण्टी बजिसकेको छ ।
प्रदेश ५ सामाजिक विकास मन्त्रालयका प्रबक्ता उमाशंकर चौधरीका अनुसार कोरोना परिक्षण ल्यावकालागि रकम दिने भन्ने प्रदेश सरकारको निर्णयको जानकारी मन्त्रालयको सम्बन्धित महाशाखामा आएको छैन ।
प्रतिक्रिया