अर्थ-वाणिज्य

हिरो बन्यो लकडाउन कै हिरोः पौडेल भन्छन् – ‘लकडाउनको चुनौती भन्दा अवसर बढी’



कपिलवस्तु २४ साउन । इण्डोफार्म टेक्टर तथा हिरो मोटरसाईकल कम्पनी कपिलवस्तुका लागि आधिकृत बिक्रेता नारायण पौडेलले लकडाउनले अवसर प्रदान गरेको बताउनुहुन्छ । कोरोनाको संक्रमण नियन्त्रण र रोकथामका लागी गत चैत्र ११ गतेबाट सुरु भएको लकडाउन करिब ७० दिनसम्म रह्यो । लकडाउनको अवधीमा व्यवसाय ठप्प हुदाँ घाटा त व्यहोर्नु पर्यो तर पौडेलले खाली समयलाई अवसरको रुपमा सदुपयोग गरेको बताउनुहुन्छ । 

        “ब्यापार, ब्यावसाय गर्नु जोखिम वहन गर्नु पनि हो मैले बुझेको छु । जहाँ अनिश्चितता र घाटाको संभावना धेरै रहन्छ ।त्यसैले अनिश्तिचतालाई सुनिश्चिततामा वदलेर मुनाफा कमाउन सबै ब्यावसयी सफल हुन सक्दैनन् । मैले लकडाउनको समय सदुपयोग गरेर सम्भावित जोखिममा पनी कसरी व्यवसायलाई निरन्तरता दिन सकिन्छ भनेर सम्भाव्यता अध्ययन गरेको छु । ’’

        लकडाउनका कारण अटो व्यवसाय बढी मारमा परेको पौडेलको भनाई छ । “ बैकंको व्याज ,घरभाडा नियमित तिनुपर्ने आम्दानीको श्रोत ठप्प हुदाँ मारमा परेका छौ ’’   उहाँले भन्नुभयो । लकडाउनका कारण बार्षिक लक्ष्यमा १८ प्रतिशत ह्रास आएको उहाँले बताउनुभयो । लकडाउनले नकरात्मक असर मात्रै नपारेको उहाँको बुझाई छ ।एकातिर कृषिमा लाग्ने जनसंख्या बढेकाले टयाक्टरको विक्री बढेको छ भने अर्काेतिर मोटरसाइकल कारोवार पनि यसबीचमा बढेको पाइन्छ । 

        लकडाउन अन्तय भएपनि सार्वजनिक सवारी साधन सञ्चालनमा नआएको र केही सञ्चालनमा आएपनी जोखिम बढी भएकोले निजि सवारीको महत्व बढेको देखिन्छ । गत बर्षको तुलनामा असार ,साउन महिनामा दुई पाग्रे सवारीको बिक्रिमा १५ प्रतिशतले वृद्धि भएको पौडेलले बताउनुभयो । “ अलि ठुला सहरमा यतिबेला दुई पाग्रे सवारीको बिक्रि ह्वात्तै बढेको छ । कपिलवस्तुमा भिडभाड अलि कम हुने ,जनसंख्याको आधारमा पनी सानो भएकोले त्यति बढी नै त छैन् तर पछिल्ला बर्षहरुमा भन्दा बढि नै छ ’’  पौडेलले भन्नुभयो । 

        सरकारले लकडाउन अवधिको भाडा छुट गर्ने निदेर्शन अनुसार एक महिनाको भाडा छुट पाएको उहाँले जानकारी दिनुभयो । “ लकडाउन अवधि भरिको त होईन तर एक महिनाको भाडामा भने छुट पायौ त्यसका लागी घरधनि र सरकार दुबैलाई धन्यवाद भन्न चाहान्छु ।’’पौडेलले कोरोनाको जोखिमलाई ध्यानमा राखेर सुरक्षाका मापदण्ड पुरा गर्दै व्यवसाय सञ्चालन गरेको जनाउनुभयो । “ हामीले ज्वरो नाप्ने थर्मल गन ,सेनिटाइजर मास्कको प्रयोग गरेका छौ । सामाजिक दुरी कायम गरेरै काम गरिरहेका छौ ’’ उहाँले भन्नुभयो ।

प्रकाशित : २४ श्रावण २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६