कपिलवस्तु २४ साउन । गएराती ९ बजेको समयमा परासीबाट भैरहवा तर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टँदा ३ जनाको मृत्यु भएको छ । रुपन्देही रोहिणी गा.पा ४ स्थित हुलाकी सडक खण्डमा लु २ च ६७५६ नं.को कार नियन्त्रित भई दुर्घटना भएको थियो । तीव्र गतिका कारण कार दुर्घटना भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय ले जनाएको छ ।
सडकबाट १० मिटर तल पल्टिँदा कारमा सवार ४ जना घाइतेहरूलाई उपचारको लागी भीम अस्पताल भैरहवा पठाएकोमा उपचारको ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा प्रदिप ठाकुर, देवेन्द्र चौधरी र रुपन्देही ओमसतियागाउँपालिकाका नसाव दर्जी रहेका छन् ।
प्रतिक्रिया