बिजनेस

कृष्णनगर विद्युत प्राधिकरणको चरम लापरवाही,उपभोक्ता मारमा, औद्योगिक फिडरमा फालाफाल भोल्टेज



कपिलवस्तु, २४ साउन। पानी पर्यो कि लाइन गयो, हावा चल्यो कि लाइन गयो, राती पर्यो कि लो भोल्टेज, बेला बेलामा तार चुडियो रे, सिस्टम फेल भन्दै रातभरी लाइन अवरुद्ध, कहिले लाइन आउछ थाहा छैन । यी यावत बहानाले विगत ५ महिना देखि कपिलवस्तुका विद्युत उपभोक्ता हैरानीमा छन् । जेष्ठ महिना यता देखि त झन पानी पर्यो भन्दै दिनहु लाईन काटेर उपभोक्तालाई सास्ती दिएको विद्युत प्राधिकरणले यसको उपाय भने खोज्दैन । 

नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्र मातहतको विद्युत आपूर्ति सबै भन्दा बढि विग्रने गरेको छ । सबै भन्दा बढि कृष्णनगर–चन्द्रौटा–बडहरा–बुड्ढी, चन्द्रौटा–शिवपुर, बहादुरगंज–महाराजगंज वितरण लाईन दिनहु विग्रने गरेको छ । लाइन आएपनि लो भोल्टेज देखाउने गरेको छ । १ दिनमा ३४ पटक सम्म विद्युत गएको चन्द्रौटाका स्थानीयबासी दिपक खड्का बताउछन् । “कहिले हाइ भोल्टेज आउछ, कहिले घडिको सुइ घुमेसरी पंखा घुम्ने लाइन आउछ”उहाले भन्नुभयो ।  अनियमित आपूर्तिले धेरै विद्युतिय उपकरणहरु विग्रेको अर्को स्थानीय राजेन्द्र शुक्ला बताउनुहुन्छ । चर्को गर्मी, त्यसमाथि कोरोना महामारी छ, घर भित्र बसौ लाइन छैन, बाहिर जाउ रोगको डर के गर्ने उहाले भन्नुभयो । 

         विद्युत कर्मचारीहरुकै अनुसार त्यो लाईनमा पर्ने बन क्षेत्रमा हांगाविंगाको कारण लाइन (सटडाउन) विग्रने र पुराना डिस चर्केका कारण पानी पर्ने वित्तिकै सट भइ लाइन (फिडर खस्ने) जाने गरेको छ । कृष्णनगर वितरण केन्द्रका प्रमुख शेष मकसुद आलमले पानी परेका कारण बुस कटिङ्ग ( नांगो तार संग जोडिएका रुखका हांगां हरु काट्ने ) र डिस (तार र पोलमाथि लाग्ने गोलो माटोको सामान) फेर्न नसकेको गैर जिम्मेवार जवाफ फर्काए । पानी पर्दा काम गर्नका लागि प्राधिकरणमा रेनकोट, पन्जा, बुट लगायतका सामान किन्नका लागि बार्षिक बजेट भएपनि उनले ग्राहकको समस्या प्रति खासै चासो देखाएनन् । 

श्रोतका अनुसार बुस कटिङ्ग र पुरानो विद्युतिकरणका लाइन मर्मतका लागि कृष्णनगर वितरण केन्द्रमा २० लाख बढि बजेट बार्षिक आउने गरेको छ । उक्त रकम काम गरेको भन्ने डोर हाजिरी बनाई लेबर खटाएको भन्दै वितरण केन्द्र प्रमुख र लेखा प्रशासन मिलेर खाने गरेको र बजेटको २० प्रतिशत काम पनि नगरेको कारण बर्षभरी लाईन डिस्र्टब हुने गरेको छ । मर्मतका लागि बजेट ल्याइएका अरु उपकरणहरु भने फिल्डमा काम गर्ने कर्मचारीहरुले डिस, पिन, तारहरु निजी उद्योग, प्लटिङ जग्गाहरुमा लगाएर कमाउ धन्धा बनाएका छन् ।

        तर त्यहि वितरण केन्द्र मातहत रहेको औद्योगिक फिडरमा भने बर्षको १ दिन पनि समस्या आउदैन । किनभने चन्द्रौटा–कृष्णनगर औद्योगिक फिडर कृष्णनगर कार्यालय मातहत भएको र त्यस फिडर समस्या आउन नदिन ४ जना कर्मचारीलाई २४ घण्टा खटाइएको कार्यालय श्रोतकै दाबी छ ।  ग्राहस्त फिडरमा दिनहु भोल्टेज समस्या भएपनि ४० भन्दा बढि ठूला उद्योगलाई दिने लाईनमा भने फुल भोल्टेज हुने गरेको छ । श्रोतका अनुसार उद्योगीहरुले मासिक विद्युत शुल्क संगै कार्यालय प्रमुखलाई सहयोग शुल्क समेत बुझाउने गरेकाले उपभोक्ता भन्दा उद्योगीको लाइनले विशेष प्राथमिकता पाउने गरेको छ । बुटवल क्षेत्रीय कार्यालय मातहत रहेको उक्त वितरण केन्द्रमा आउने प्रमुखहरु बिच चर्को प्रतिस्प्रधा हुने पनि यहि कारण रहेको कर्मचारी श्रोतकै दाबी छ ।  

        विद्युत प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङ्गले दाबी गरेको ठीक उल्टो निति लिएर उपभोक्तालाई दुखः दिइरहेको यहाँका विद्युत प्राधिकरण र कर्मचारीहरुलाई भने स्थानीय सरकार तथा जिल्ला प्रशासनले समेत केहि सोध्ने आँट गर्दैन । प्राधिकरणको कमजोरी देखायो कि घरमा लाइनको क्षमता कति छ भन्दै र चुहावटमा फसाइदिने र कारवाही गर्ने धम्की दिने गरेका छन् । 

प्रकाशित : २४ श्रावण २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६