ब्रेकिंग न्युज

कपिलवस्तुका १८ कोरोना सङ्क्रमितलाई लक्षण देखियो । ४ जना अस्पताल भर्ना ।



कपिलवस्तु २४ साउन  

कपिलवस्तुका १८ कोरोना सङ्क्रमितलाई लक्षण देखिन सुरु गरेको छ । जिल्लाका ६ स्थानीय तहका ८४ कोरोना सङ्क्रमित सँग सम्पर्क गर्दा लक्षण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । केहीलाई ज्वरो आएको, रुघा लाग्ने गरेको , सास फेर्न गारो हुने , छाती दुख्ने जस्ता लक्षण देखिएको कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

लक्षण देखिएका मध्ये ४ जना बुटवल धागो कारखाना कोरोना विशेष अस्पतालमा पठाइएको छ । अस्पताल पुराइएको सवै जना समुदायबाट सङ्क्रमण भएका हुन । पछिल्लो समयमा ६ स्थानियतहमा कोरोना सङ्क्रमित फेला परेका छन् । कृष्णनगर नगरपालिका, कपिलवस्तु नगरपालिका , मायादेवी गाउँपालिका र बुद्धभुमी नगरपालिका र शिवराज नगरपालिकामा समुदायमा कोरोना देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले समुदायबाट लिएको नमुना अनुसार ८ प्रतिशतलाई कोरोना देखिएको छ । 

प्रकाशित : २४ श्रावण २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६