ब्रेकिंग न्युज

परिबर्तनको जग खन्ने काम रोक्न महराको चेतावनी



दाङ,२४ साउन । पुर्व सभामुख एवं प्रतिनिधी सभा सदस्य कृष्णबहादुर महराले जनयूद्धका शहिद प्रगतिशील साहित्यकार तथा पत्रकार कृष्णसेन इच्छुकको योगदानलाई कसैले अपमान गरे सिंगो परिवर्तनकै अपमान हुने चेतावनी दिनु भएको छ ।  शनिबार दाङको घोराहीमा आयोजित  स्वर्गीय लोककुमारी रिजालको चौथो स्मृति सभा एवं पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले यस्तो धारण व्यक्त गर्नु भएको हो ।

        नेपाल सरकारले  गत २०६८ पुष ५ गते  लमही –तुलसीपुर सडक खण्डलाई कृष्णसेन मार्ग नामाकरण गरेको भन्दै फेरी जिल्ला समन्वय समिति दाङको चौथो जिल्ला सभाले लमही घोराही तुलसीपुर सडक खण्डको  नाम परिर्वतन गर्ने निर्णयले कृष्णसेन प्रतिको अपमान भएको बताउनु भएको हो ।उहाले परिवर्तनको जग खन्ने र भत्काउने काम जानेर वा नजानेर भएको भन्दै  तत्काल रोक्न आग्रह गर्नु भएको छ । 

        कार्यक्रममा महराले कृष्णसेन प्रतिको सम्मान नै सम्पूर्ण सहिद प्रतिको सम्मान हुने उल्लेख गर्दै  नेपालमा राजनितिक पुजीवाँदको  हावी भएको भन्दै त्यसले विकृत संस्कृतिको स्थापना गरेको दावि गर्नु भयो । कार्यक्रममा प्रेस संगठनले स्थापना गरेको कृष्णसेन पत्रकारीता पुरस्कारबाट राप्तीपोष्ट दैनिकका सम्पादक एवं प्रकाशक शरद अधिकारी, पत्रकार महासंघले स्थापना गरेको पुरस्कारबाट पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केपी मसाल, लोककुमारी पत्रकारिता पुरस्कारबाट पाण्डब शर्मा, प्रतिभा पुरस्कारबाट लक्ष्मण विश्वकर्मा, शान्तकुमार बुढा मगर र अमृता भुषालाई प्रदान गरिएको थियो । पुरस्कृत व्यतित्वलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

        कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मा, प्रेस स्वतन्त्र सेनानी सुशिल गौतम,नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेल, पूर्व अध्यक्ष प्रताव रेग्मी, पुरस्कृत व्यक्तित्व शरद अधिकारी पत्रकार महासंघ दाङका सल्लाहकार सुदिप गौतम,लगाएतले प्रगतिशील साहित्यकार तथा पत्रकार इच्छुकको योगदानको मुक्तकण्ठले प्रसंसा गरेका थिए । पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रेस संगठनका संयोजक प्रकाश चौधरीले गर्नु भएको थियो । 

प्रकाशित : २४ श्रावण २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६