कपिलवस्तु २४ साउन
वैकल्पिक कक्षा सञ्चालन गरेका शिक्षकमा कोरोना देखेपछि जिल्ला भरी कक्षा सञ्चालन रोक लगाए पनि कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको एक निजी विद्यालयले कक्षा सञ्चालन गरेको छ । बुद्धभुमी १० भगवानपुरमा रहेको बुद्ध ज्ञान ज्योति बोडिंग स्कुलले गाउँमा गएर कक्षा सञ्चालन गरेको छ । निजी विद्यालय सञ्चालनका लागी सामुदायिक भवन नै प्रयोग भएको छ ।
बुद्धभुमी नगरपालिका १० को झलवा गाउँमा रहेको तरकारी सङ्कलन केन्द्रको भवन प्रयोग गरी विद्यालय सञ्चालन भएको छ । बालबालिकालाई हल भित्र कोचेर सामाजिक दुरी कायम नगरी शिक्षण गरिएको छ । केन्द्रमा २ शिक्षिका र १ शिक्षकले कक्षा सञ्चालन गर्दै आई रहेका छन् । हातमा लठ्ठी लिएर मास्क प्रयोग नगरी अध्यापन गराइएको छ । कक्षा सञ्चालन गरेका एक शिक्षकले आफूहरूले शुल्क नलिई कक्षा सञ्चालन गरेको बताए ।








प्रतिक्रिया