ब्रेकिंग न्युज

कपिलवस्तुमा चियाले पोलेर एक बर्षकी बालिकाको मृत्यु



स्वास्थ्यकर्मीको लापरबाहीले बालिकाको मृत्यु भएको भन्दै प्रशासन कार्यालय अघि आफन्तद्धारा बिरोध प्रर्दशन 

चियाले पोलेर कपिलवस्तु नगरपालिका– ८ मैनिहवाकी एक बर्षकी बालिकाको शनिवार मृत्यु भएको छ ।  दिउसो ५ बजे गुलाम मुसलमानकी छोरी सोफियाको मृत्यु भएको हो । चियाले पोले पछि उनलाई कपिलवस्तु अस्पतालमा उपचारका लागी ल्याइएको थियो । 

शुद्धोदन गाउँपालिकाको लवनी घर भएका गुलामले मैनिहवामा सोफिया आल्मुनियम पसल चलाउँदै आएका थिए । पसलमा आमा निशा खातुनले चिया खाइरहेका बेला छोरीले तान्दा छातीमा तातो चिया पोखिएको थियो । चियाले पोले पछि वालिकालाई तत्कालै उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको मृतकका बाबुले बताए । 

अस्पतालमा पुराएको केही बेरमा छोरीको मृत्यु भएको थियो । उपचारमा अस्पतालको इमरजेन्सी फाटका कर्मचारीले गम्भीर लापरबाही गरेको गुलामले आरोप लगाएका छन्  । ‘ सास लिन अप्ठेरो भएको बेला छोरीलाई अक्सिजन नै दिइएन, मलाई औषधी लिन पठाइयो ’ उनले भने ‘ औषधी खाएको केही बेर मै छोरीको मृत्यु भयो ’ । स्वास्थ्यकर्मीको लापरबाहीले छोरीको ज्यान गएको भन्दै मृतक परिवार र छिमेकीहरूले प्रशासन कार्यालयमा साँझ विरोध प्रदर्शन गरेका छन् । 

उनीहरूले सत्य छानबिन गरी लापरबाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाही गर्न र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् । अहिले अस्पतालमा सुरक्षाका लागि प्रहरी खटिएका छन् । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट किशोर बन्जाडेले बालिकाको उपचारमा लापरबाही नभएको बताए । जलेको बालिका भन्दा गम्भीर अवस्थामा रहेका बिरामीहरूको स्वास्थ्यकर्मीले उपचार गरिरहेको बेला घाइते बालिकालाई अस्पताल ल्याइएको थियो । घाइते बालिकालाई मलम लगाउने, औषधी दिइएको र उपचारको बेला बालिका गम्भीर नभएको बन्जाडेले बताए । 

प्रकाशित : २४ श्रावण २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६