काठमाडौं २५ साउन । प्रधानमन्त्री केपि ओलीले पाटी अध्यक्ष र प्रधानमन्त्री मध्ये एकपद छाड्नु पर्ने भन्दै सत्तारुढ दल नेकपामा लामो समय समयदेखिको विवाद किनारा लाग्ने नामोनिसान देखिएको छैन । पछिल्लो केही दिनयता त दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संवादहीनताकै अवस्था छ ।पटक–पटकका भेट भेटमा मात्र सीमित भए । दुवै पक्ष आ(आफ्नो अडानमा कायम रहेपछि सहमति जुट्न सकेन । त्यसपछि नेकपामा ‘नाङ्ग्लो ठटाएर हात्ती तर्साउने’ खेल चलिरहेको छ ।
शुक्रवार बिहानै मूलधारका मिडियाका सम्पादकहरूलाई फोन आयो– अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरूले भेट्न चाहनुभएको छ । भेट दिउँसो २ बजेका लागि तय भएको थियो ।सम्भवतस् प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ प्रकाशले बुधवार पत्रकारहरूसँग गरेकै भेटको निरन्तरता थियो त्यो । पत्रकारहरूसँग अनौपचारिक भनिएको उक्त भेटमा नेताहरूले अब बहुमतकै आधारमा निर्णय लिने भनी आफ्नो रणनीति चुहाएका थिए ।
भेटलाई अनौपचारिक भनेपनि बालुवाटारमा सन्देश पुगोस् भन्ने उनीहरूको मनाशाय रहेको बुझ्न कठिन थिएन, अब बहुमतबाट निर्णय गर्छौं, छाड्दैनौं भन्ने चेतावनीयुक्त सन्देश । यसलाई नेपाली उखानसँग जोड्ने हो भने ‘नाङ्ग्लो ठटाएर हात्ती तर्साउने’ रणनीति ।सम्पादकहरूसँग भेटेर पनि उनीहरूले शायद यस्तै सन्देश मिडियामार्फत् प्रधानमन्त्रीसमक्ष पुर्याउन खोजेका थिए बालुवाटारले यसमा आपत्ति जनायो ।प्रधानमन्त्रीको दूत बनेर खुमलटार पुगेका सुवास नेम्वाङले प्रचण्डलाई सम्पादकहरूसँगको भेट स्थगित गर्नुस् भन्ने आग्रह गरे ।
अन्ततस् भेट स्थगित गर्न सहमत भएका प्रचण्डले तत्काल नारायणकाजी श्रेष्ठलाई फोन गरेर भेट स्थगित भएको सन्देश पठाउन आग्रह गरेका थिए । नारायणकाजीले भने बोलाइसकिएको छ भन्दै भेट स्थगित भएको सन्देश पठाउन आनाकानी गरेका थिए ।यही भेटको सन्देशबारे हो, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले ट्वीटमार्फत प्रवक्ता श्रेष्ठमाथि हमला गरेको । उनले प्रवक्ताको लाज जोगाउन आग्रह गरेका थिए ।
त्यसो त यसअघि प्रधानमन्त्री ओलीले रातीमा सर्बाेच्च अदालतका मुख्य न्यायधिसलाई भेट्ने , अख्तियार प्रमुखलाई भेट्ने जस्ता काम पनि यहि सुपो ठटाउने खेलकै अंश थिए भन्ने स्पष्ट छ । अव कस्ता खेल फेरी हुन्छन् समय क्रमले देखाउला ।
प्रतिक्रिया