ब्रेकिंग न्युज

कपिलवस्तुमा १७ जना संक्रमित थपिए



कपिलवस्तु २५ साउन । कपिलवस्तुमा कोरोना भाइरस  का थप १७ जना संक्रमित थपिएका छन् ।गत साउन २१ गते जिल्ला सदरमुकाम तौलिहवा बजार क्षेत्रमा संकलन गरिएका ११७ जना मध्ये ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही दिन संकलन गरिएका स्वाब मध्ये ९८ जना रिपोर्टको पर्खाइमा रहेका छन् ।यस्तै कपिलवस्तु अस्पतालबाट साउन २३ गते संकलन गरिएका ६ जनाको स्वाब मध्ये ५ जनामा कोरोना देखिएको छ ।साथै कृष्णनगरपालिकामा थप एक जनामा संक्रमण पुष्टि भएको छ ।आइतबार जिल्लामा १७ जना संक्रमित थपिएसंगै जिल्लाभर कुल संक्रमितको संख्या ८ सय ५७ पुगेको छ ।आइतबार थपिएका कोरोना विरामी सामाजिक कार्यमा क्रियाशिल व्यक्ति र जनसमुदायका हुन् ।

प्रकाशित : २५ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६