जीवनशैली

जनजातीले जे खोज्थे प्रधानमन्त्रीले त्यहि बोले



काठमाडौँ २५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासी जनजाजतिको राष्ट्रिय जीवनका विभिन्न पक्षमा पहुँच र प्रतिनिधित्वको सुनिश्चितासँगै आर्थिक समानतासहितको समतामूलक समाज निर्माण गर्न सरकार निष्ठापूर्वक सक्रिय रहेको बताउनुभएको छ ।जनजातीले जे खोज्थे प्रधानमन्त्रीले त्यहि बोल्नु भएको छ । प्रधानमन्त्री ओलीको यस प्रकारको सम्वोधन यस अघि जनजातीका सवाल आएको थिएन ।   

    छब्बीसौँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपालको संविधान र प्रचलित कानूनअनुसार सम्पूर्ण आदिवासी जनजातिको सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य एवं सीप आदिको उत्थान र विकास गरी समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्क्षा  सफल बनाउन सम्पूर्ण समुदायलाई समान अवसर, सुरक्षा, न्यायको प्रत्याभूति गर्ने नीति राज्यले लिएको जनाउनुभएको छ । 

           प्रधानमन्त्री ओलीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्क्षा पूरा गर्ने लक्ष्य तय भएकामा महामारीपछि नेपाललगायत विश्वमै नागरिकको स्वास्थ्य, सामाजिक र आर्थिक जीवनमा खडा भएको चुनौतीको सामना गर्दै सरकार अग्रसर भएको स्पष्ट गर्नुभएको छ । उहाँले कोभिड–१९ को संक्रमणबाट सुरक्षित हुने उपाय अवलम्बन गर्दै आआफ्ना स्थानमा रहेर दिवस मनाउन पनि सबैमा आह्वान गर्नुभएको छ । 

प्रकाशित : २५ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६