ब्रेकिंग न्युज

चियावाट मृत्यु प्रकरणको ४ सदस्यीय छानबिन समिति गठन



कपिलवस्तु २६ साउन । चियाले पालेर गंभीर घाईते भएकी कपिलवसतु नगरपालिका– ८ मैनिहवाकी एक बार्षिया बालिकाकाको उपचारको क्रममा मृत्यु भएको बिषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको छ । शनिवार उपचारको क्रममा गुलाम मुसलमानकी एक बर्षिया छोरी सोफियाको मृत्यु भएको थियो । बालिकाको मृत्यपछि मृतक बालिकाका आफन्तहरुले उपचारमा लापरबही गरिएकाले बालिकाको मृत्यु भएको भन्दै शनिवार अबेर राति सम्म प्रशासन कार्यालय घेराउ गर्दै बिरोध प्रर्दशन गरेका थिए् । 

        प्रर्दशनपछि प्रशासन कार्यालमया प्रशासन कार्यालय, पीडीत बालिकाको पक्ष, अस्पतालका प्रतिनिधिहरु बिच भएको छलफल पछि सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले वताउनु भयो ।  समितिको सदस्यहरुमा नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक सुनिल मल्ल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगत र कपिलवस्तु अस्पतालका डाक्टर पुर्ण घर्ती मगर रहनु भएको छ ।

        समितिलाई घटनाको अध्ययन गरि १५ दिन भित्र प्रतिवेदन बुझाउन निर्देशन दिईएको छ । समिति गठन भए पछि शवको राति नै पोस्टमर्टम गरिएको थियो । शवको दाहासंस्कार भई सकेको छ । अस्पताल प्रशासनले भने उपचारमा कुनै लापरबाही नगरिएको दाबी गरेको छ । 

प्रकाशित : २६ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६