कपिलवस्तु २६ साउन ।कपिलवस्तु तौलिहवा अस्पतालमा कार्यरत ५ स्वास्थ्यकर्मी सहीत एक सुरक्षाकर्मी समेत कोरानो संक्रमित पुष्टी भएपछि अस्पतालका इमरजेन्सी सेवा बाहेक सबै सेवा बन्द गरिएको छ । आईतवार अस्पतालमा कार्यरत ४ स्वास्थ्यकर्मी र एक सुरक्षाकर्मीै संक्रमित पुष्टी भएको थियो । यस अघि ३ दिन अघि अस्पतालमा कार्यरत ल्याब असिस्टेन्ट संक्रमित भएका थिए । आईतावार नसिङ, ल्याव, एक्सरे, ओापीडी फाटका एक एक जना गरी चार जना स्वास्थ्यकर्मी तथा अस्पतालमा रहेका एक प्रहरी सक्रमति पुष्टी भएपछि अस्पतालमा अति आकस्मिक सेवा बाहेक अरु सबै सेवा सोमवारबाट बन्द गरिएको अस्पतालका मेडीकल सपरीटेण्डेन्ट किशोर बन्जाडेले प्रेसपाटीलाई वताउनु भयो ।
अस्पतालमा आउने र रहेका बिरामी तथा स्वास्थ्यकर्मीमा समेत कोरानाको उच्च जोखिम रहे पछि आवश्यक सुरक्षा र सावधानीकालागि अर्को सुचना जारी नहुदा सम्म अस्पतालका अति आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरिएको बन्जाडेको भनाइछ । अति आकस्मिक सेवा दिने बिरामीलाई मात्र गेट मै अवस्था हेरेर उपचार गरिने उहाले बताउनु भयो । अस्पतालमा सबै सेवा बन्द गरिएको बिषयमा प्रदेश सरकार र प्रशासन कार्यालयलाई जानकारी गराई सकिएको वताइन्छ ।
यस अघि दूई महिना अघि पनि अस्पतालकी स्टाफ नर्स संक्रमित भए पछि १० दिन अस्पतालका सेबा बन्द गरिएको थियो । सदरमुकाम तौलिहवामा समुदायस्तर मै कोराना फैलिएका र अस्पतालका स्वास्थ्यकर्मी समेत कोरोना संक्रमित देखिएपछि अस्पताल समेत कोरोनाको उच्च जोखिम रहेको दावि गरिएको हो । सोमवार अस्पतालमा कार्यरत ७७ जनाको स्वाब संकलन गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
प्रतिक्रिया