कपिलवस्तु २६ साउन ।कपिलवस्तुमा समुदायस्तरका थप संक्रमण बढ्दै जाँदा कपिलवस्तु नगरपालिका क्षेत्र भित्र रहेको होटल तथा रेस्टुरेन्ट सोमवार देखि बन्द गर्ने निर्णय गरिएको छ । आईतवार होटल तथा रेस्टुरेन्ट ब्यवसायी संघ नगर समितिको बैठकले नगर क्षेत्र भित्रका होटल, रेस्टुरेन्ट र चिया पसल बन्द गर्ने निर्णय गरेको हो । संघका जिल्ला अध्यक्ष गोपाल क्षेत्रीले कोरोना समुदायस्तरमा फैलिएको र होटलमा समेत फैलने खतरा भए पछि बन्द गरिएको वताउनु भयो ।
अहिले अनिश्चितकालकालागि बन्द गरिएको र स्थिति सामान्य बने पछि बल्ल खोलिने उहाँले वताउनु भयो । यता यसैविच संक्रमतिको संख्या बढेपछि प्रशासनले लकडाउनलमा थप कडाई गर्र्ने संकेत गरेको छ । यस अघि गत साउन २२ गते देखि ३२ गते सम्मकालागि आंशिक क्षेत्रमा निषेधाज्ञा जारी छ ।
बैकिङ संस्था सार्वजनिक यातायात बन्द छ । तर बजार र निजी सवारी साधन भने खुला छन । सोमवार देखि अत्यावश्यक सेवा बाहेक अरु सबै सेवाहरु बन्द हुने प्रशासन श्रोतले जनाएको छ । प्रजिअ दीर्घ नारायण पौडेलले सोमवार प्रशासन कार्यालयमा लडडाउनका बिषयमा बैठक बसेर केही महत्वपूर्ण निर्णय लिने वताउनु भएको छ ।
समुदायस्तरमा १७ जना कोरोना सक्रमित पुष्टी भएसंगै सन्क्रमितको संख्या ८ सय ५७ पुगेको छ । आईतवार पुष्टी भएका संक्रमित मध्ये १२ जना ब्यापारी, ४ स्वास्थयकर्मी, र एक सुरक्षाकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यायले जनाएको छ । तौलिहवा बजारमा पसल संचालन गर्दै आएका ११ ब्यापारी, कपिलवस्तु् अस्पतालका ४ स्वास्थ्यकर्मी र त्यही अस्पतालमा खटिएका एक नेपाल प्रहरीका सुरक्षाकर्मी तथा कृष्णगनरका एक ब्यापारी संक्रमित पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले वताउनु भयो ।
प्रतिक्रिया