ब्रेकिंग न्युज

गाउँपालिकाको बजेट आफ्नो खातामा राख्ने लेखा सहायक जागिरबाट निकालिए



रुकुम पश्चिम २६ साउन । रुकुम पश्चिममा त्रिवेणी गाउँपालिकाको बजेट आफ्नो खातामा हाल्ने लेखा सहायक जागिरबाट निकालिएका छन् । त्रिवेणी गाउँपालिकाका लेखा सहायक सुवास केसीलाई जागिरबाट निकालिएको हो ।केसीले सरकारी बजेट आफ्नो, श्रीमती र भतिजाको खातामा हालेपछि वडा अध्यक्ष झक्कुप्रसाद घर्तीको संयोजकत्वमा गठन गरेको छानबिन कार्यदलले केसीलाई जागिरबाट निकाल्ने निर्णय गरेको हो।

       छानबिनको क्रममा केसीले आफ्नो, आफ्नो श्रीमती र लेखा सहायक सुवासको खातामा झण्डै २५ लाख रुपैयाँ जम्मा गरेको पाइएको छ । केसी गएको जेठ महिनादेखि गाउँपालिकाको लेखा सहायकमा करारमा नियुक्त भएका थिए । गाउँपालिकामै कार्यरत सुवासका अंकलसमेत रहेका लेखापाल हेमन्त केसीको सहयोगमा आफ्नो  खातामा मात्रै गाउँपालिकाको सात लाख ९१ हजार रुपैयाँ रकम जम्मा गरेका थिए । 

            लेखापाल केसीले सुवासको तलब र भत्ताको लागि भन्दै गाउँपालिकामा जवाफ दिएका थिए । जेठ महिनामा करारमा नियुक्त भए पनि उनले फागुनदेखि नै महिनाको १ लाख ५६ हजारका दरले तलब र भत्ता बुझेको देखिएको कार्यदलले जनाएको छ । कार्यदलले लेखापालको नाममा गएको रकमको कागजात हेर्ने र जिल्ला प्रशासन कार्यालयले घटनाको छानबिन सुरु गरेकाले छानबिनमा सहयोग गर्ने निर्णय गरेको कार्यदलका सदस्य तथा गाउँपालिकाका उपाध्यक्ष निर्मला बिष्टले बताउनुभयो ।

             छानबिन हुँदै गर्दा त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, उनकी श्रीमती बिर्मा र भतिजा सुवासको खातामा जम्मा भएको सरकारी रकम फिर्ता गरेका थिए । रकम आफन्तको खातामा हाल्ने लेखापाल र त्यस काममा सघाउँने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको समेत मिलोमतो भएको भन्दै कारबाही हुनुपर्ने माग स्थानीयले गर्दै आएका छन् । 

प्रकाशित : २६ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६