अन्तर्राष्ट्रिय

पाकिस्तानबाट राजस्थान आएका एकै परिवारका ११ जनाको शव भेटियो



काठमाण्डौ २६ साउन । भारतको राजस्थानमा पाकिस्तानबाट गएका एकै परिवारका ११ जनाको शव भेटिएको छ । जोधपुर जिल्लाको देचू थाना क्षेत्रको खेतमा उनीहरुको शव भेटिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानबाट गएकामध्ये १ जना जिवितै भेटिएका छन् । घटनास्थलबाट किटनाशक औषधि भेटिएकोले ज्यान जानुको कारण पारिवारिक झगडा हुन सक्ने अनुमान गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

                  ११ जनाको शव खेतमा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको छ । झण्डै ८ वर्ष पहिले पाकिस्तानको सिन्ध प्रान्तबाट आएका उनीहरु आदिवासी भील समुदायका हुन् ।परिवारले खेत भाडामा लिएर खेती गर्दै आएका थिए । ज्यान जानुको कारण थाहा पाउन फरेन्सिक एक्सपर्टको सहयोग लिइएको प्रहरीले जनाएको छ ।पाकिस्तानबाट शरणको खोजी गर्दै आएको यो परिवारले भारतमा नागरिकताका लागि अपिल गर्दै आएको स्थानीय अगुवाले बताएका खबरमा उल्लेख छ ।

प्रकाशित : २६ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६