दाङ २६ साउन । आज सोमबार बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा गरिएको परिक्षणमा दाङका एक जनासहित २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा बाँकेका १५, कैलाली २, बर्दिया १, सल्यान १ र दाङ १ जना रहेको भेरी अस्पतालले जनाएको छ । दाङका ४० वर्षका एक पुरुषमा कोरोना पुष्टि भएको अस्पतालले जनाएपनि स्थायी ठेगाना भने खुलाइएको छैन । बाँकेमा वडा प्रहरी कार्यालयबाट र नेपालगन्ज मेडिकल कलेजबाट संकलित स्वाबमा दुई जना चिकित्सकसहित १५ जनामा कोरोना पुष्टि भएको छ ।
बाँकेमा समुदाय स्तरमा कोरोना संक्रमण तिब्र भएको देखिएको छ । स्थानी नागरिक, व्यापारी, प्रहरी, स्वास्थ्य कर्मीमा कोरोना देखिएको छ । समुदायमा कोरोना देखिएपछि जिल्लामा निषेधाज्ञा जारी गरिएको छ भने नेपालगन्ज उपमहानगरपालिकालाई सिल गरिएको छ । नेपालगन्जको विभिन्न क्षेत्रमा सेन परिचानल समेत गरिएको छ । छिमेकी जिल्लामा कोरोना समुदायमा देखिएको समयमा सरकारवालाले दाङमा पनि सचेत हुन अनुरोध गरेका छन् ।
प्रतिक्रिया