ब्रेकिंग न्युज

खोलामा जैविक विविधता संरक्षणकालागि समुदायलाई हस्तान्तरण प्रकृया सुरु



दाङ २६ साउन ।  दाङको देउखुरी क्षेत्रमा रहेका खोलामा जैविक विविधता संरक्षणकालागि समुदायलाई हस्तान्तरण गर्ने प्रकृया सुरु गरिएको छ । जस अन्तरगत मानव कल्याण तथा बातावरण संरक्षण केन्द्रको आयोजनामा राप्ती गाउँपालिकामा रहेको दोलाई खोलामा जैविक विविधता संरक्षणका लागि स्थानीय समुदायसँग परामर्श बैठक सम्पन्न भएको छ ।बैठकमा आगामि दिनमा राप्ती गाउँपालिकासँग समन्वय गरी दोलाई खोलामा असुरक्षित माछा मार्ने कार्यको पूर्ण रुपले रोग लगाउँदै जलीय जैविक जीवको संरक्षण गर्ने जिम्मा स्थानीयलाई दिने निर्णय गरेको छ ।

      सोमबार मानव कल्याण तथा बातावरण संरक्षण केन्द्रका सचिव कुमार राज श्रेष्ठको अध्यक्षता तथा राप्ती गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गोबर्धन रावतको प्रमुख आथित्यतामा बैठकमा सामुदायिक नदी हस्तान्तरण प्रकृयाबारे छलफल गरिएको थियो ।देउखुरी क्षेत्रका सम्पुर्ण पालिका क्षेत्रमा रहेको नदी, खोलामा जैविक विविधता संरक्षणको अभियानमा रहेको मानव कल्याण तथा बातावरण संरक्षण केन्द्रले पछिल्लो समय धेरै नदी तथा खोलाहरु सामुदायलाई हस्तान्तरण गर्ने प्रकृया अगाडि बढाएको समेत फिल्ड संयोजक राम मोती चौधरीले बताउनुभयो ।

          बैठकमा सचिब कुमार राज श्रेष्ठ, प्रबक्ता केपि घिमिरे, सल्लाहकार कमल गौतम र कार्यक्रम प्रबन्धक प्रदिप मजगैयाँले सामुदायिक नदि हस्तान्तरण प्रकृया बारे जानकरि गराउनु भएको थियो । बैठकले सर्बसम्मत रुपले राप्ति गाउँपालिका वडा नं ५ स्थित दोलाई खोला सामुदाय लाई हस्तान्तरण गर्ने प्रकृया अगाडि लैजाने निर्णय समेत गरेको छ ।संस्थाले राप्ती नदीको जलिय जैबिक विविधताका चुनौतीहरुलई न्युनिकरण गर्ने दिगो तरिकाले माछाको उपयोग गरी बिनासकारी माछा मार्ने तरिकालाई निरुत्सााहित गर्ने, मध्य राप्ती जलाधार क्षेत्रमा पाईने स्रोतहरुको सुधार तथा व्यवस्थापन गर्नका लागी देउखुरी उपत्यकाका विभिन्न पालिकामा ९ वटा समुह समेत गठन गरि संरक्षणको अभियानलाई तिब्रता दिदै आएको समेत फिल्ड संयोजक चौधरीले जानकारी दिनुभयो ।

प्रकाशित : २६ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६