कपिलवस्तु २६ साउन
कपिलवस्तु प्रशासनले जिल्ला ब्यापी लकडाउन आदेश जारी गरेकोछ । जस अनुसार भोलि साउन २७ गतेबाट मसान्त सम्मका लागि यस्तो आदेश जारी भएको प्रजिअ दिर्घनारायण पौडेलले प्रेसपाटीलाई वताउनु भयो । समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि स्थिति भयावह हुन नदिनको लागि यस्तो गरिएको जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले जानकारी दिएको छ । जिल्ला प्रसासनमा आज बसेको वैठकले यस्तो निर्णय गरेको हो । आजको वैठकले अत्यावश्यक सेवा बाहेक अरु सबै सेवाहरु बन्द हुने गरी निर्णय गरेको पौडेलले बताउनु भयो । खाद्यान्न र तरकारी खरिद विक्रीकालागि हरेक दिन विहान ८ देखि १० सम्म पसल खोल्ने निर्णय भएको छ । एम्बुलेन्स तथा शव बाहन सेवा, औषधी, तरकारी, दूध, किराना तथा खाद्य पदार्थको किनबेच अत्यावश्यकीय सेवाभित्र पर्दछन् ।जिल्लामा अहिले तीव्र रुपमा कोरोनासंक्रमण दर फैलिएको छ । हिजो मात्र कपिलवस्तुमा समुदायस्तरका थप १७ जना कोरोना संक्रमित पुष्टी भएका छन् । योसंगै जिल्लामा संक्रमितको संख्या ८ सय ५७ पुगेको छ ।
प्रतिक्रिया