कपिलवस्तु २७ साउन । सरकारले वनको उचित ब्यवस्थापन गर्न नसक्दा बर्षेनी ८ करोड घनफिट वढी काठ बन भित्रै हराउने गरेको छ । अहिले नेपालमा वार्षिक ७५ देखी ९० लाख घन फिट काठ मात्र उत्पादन हुने गरेको छ । नेपालका सबै बनलाई बैज्ञानिक ढंगबाट व्यवस्थापन गर्न सके मात्र बार्षिक ९ देखी १५ करोड घनफिट काठ न्युनतम उत्पादन गर्न सकिन्छ । वनको वैज्ञानिक तरीकाले प्रयोग गर्न नसक्दा न्युन मात्रामा काठ उत्पादन भएको बनविज्ञहरुको भनाई छ । अहिले देश भर बार्षिक ३ करोड क्युविक फिट काठको माग रहेको छ ।
तर दिगो प्रयोग गर्न नसक्दा दुई तिहाई काठको माग पुरा गर्न अन्य देशको भर पर्नु परेको छ । तराईका वन २ सय वर्ष पुरानो भएको छ । त्यहाका साल जातका ३० प्रतिशत उत्पादन धोद्रो निस्कने गरेका छन् । साल जातको रुख औषत ८० वर्षमा नकाटिने हो भने भित्रको मुख्य भाग धोद्रौ हुदै जान्छ ।गत आ.व.मा १२ लाख घन फिट काठ मलेसिया ईन्डोनेशिया लगायतका देशबाट आयात गरीएको थियो । यस आ.व.मा ५० लाख घन फिट काठ आयात गर्नका लागी तयारी गरीएको छ । वनलाई बैज्ञानिक तवरले व्यवस्थापन गर्न नसक्दा वर्षेनी काठ आयात भई रहेको उप सचिव विजय राज सुवेदीले बताए । सुवेदीले नेपालमा पहिलो पटक बैज्ञानिक वन व्यावस्थापन गरेका थिए । ईको सिस्टमलाई थोरैमात्रामा धकेल्ने हो भने नेपालले काठ निर्यात गर्न सक्ने राष्टको रुपमा विकास गर्न सकिने सुवेदीको भनाई रहेको थियो ।
यस्तो छ तथ्यांक :
नेपालको चुरे तथा तराईको क्षेत्रको संरक्षण क्षेत्र भन्दा वाहिरबाट ८ देखी १० करोड वन पैदावर उत्पादन गर्न सकिन्छ । चुरे क्षेत्रको संरक्षण क्षेत्र भन्दा वाहिरको (१९ डिग्री भन्दा कम ) मा ५ लाख ६५ हजार ४ सय ४० हेक्टर वन क्षेत्र रहेको छ । ति क्षेत्रमा १५३.९९ घन मिटर प्रति हेक्टर काठ रहेका छन । चुरेको वनबाट वार्षिक ३ करोड ६० लाख देखी ४ करोड ८० लाख घन फिट काठ उत्पादन गर्न सकिन्छ ।
यसै गरी संरक्षित क्षेत्र भन्दा बाहिर तराई क्षेत्रमा ३ लाख १४ हजार ६ सय ६० हेक्टर वन क्षेत्रफल रहेको छ । जहाँ १६७.४२ घन मिटर प्रति हेक्टर काठ रहेका छन । २ करोड ३२ लाख देखी ३ करोड ८० लाख घन फिट काठ हरेक वर्ष निकाल्न सकिन्छ । यसै गरी संरक्षण क्षेत्र भन्दा वाहिर ४५ं सम्मको भिरालो वन क्षेत्रमा १३ लाख ४८ हजार ८ सय ८७ हेक्टर क्षेत्रफलमा वन जंगल फैलिएको छ । ति क्षेत्रमा १५७.१२ घन मिटर प्रति हेक्टर काठ रहेको छ । त्यहा बाट ९ करोड देखी ११ करोड घन फिट काठ उत्पादन हुन सक्ने तथ्यांक देखिएको छ ।
यसै गरी मध्यपहाडी क्षेत्रमा पनी १० देखी ११ करोड घन फिट काठ उत्पादन हुन सक्ने देखिन्छ । ति क्षेत्रमा प्रति हेक्टर १३१ घन मिटर काठ मौज्दात रहेको छ । संरक्षण क्षेत्र भन्दा वाहिरको (१९ डिग्री भन्दा कम ) मा २ लाख ९६ हजार ३ सय ६८ हेक्टर वन क्षेत्र रहेको छ । यी वनबाट वार्षिक २ करोड २८ लाख देखी २ करोड ६२ लाख घन फिट काठ उत्पादन गर्न सकिन्छ । संरक्षण क्षेत्र भन्दा वाहिर ४५ं सम्मको भिरालो वन क्षेत्रमा २० लाख ८९ हजार ९ सय ८२ हेक्टर क्षेत्रफलमा वन जंगल फैलिएको छ । त्यहा बाट १६ करोड देखी १८ करोड घन फिट काठ उत्पादन हुन सक्छ । उत्पादन गरेका काठ गोलिया र दाउराको रुपमा विक्री वितरण हुने गरेको छ ।
प्रतिक्रिया