अन्तर्राष्ट्रिय

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या २ करोड २ लाख ५९ हजार



काठमाडौँ २७ साउन । विश्वभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई करोड नाघेको छ । मङ्गलबार बिहानसम्म विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या दुई करोड दुई लाख ५९ हजार पुगेको वर्ल्डोमिटरले जनाएको छ । काठमाण्डौ – गएको वर्षको डिसेम्बर महिनामा चीनको वुहान शहरबाट फैलिन थालेको कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म दुई सय १३ देशमा पुगिसकेको छ । पछिल्लो ६ हप्तामा मात्र विश्वभर सङ्क्रमण दुई गुणाले बढेको छ ।

            यतिमात्र होइन, मार्च महिनाको मध्यदेखि त सङ्क्रमण दुई सय गुणाले बढेको छ । वर्ल्डोमिटरका अनुसार विश्वभर अहिलेसम्म सात लाख ३९ हजारभन्दा धेरैको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । अमेरिकामा आइतबारसम्म सङ्क्रमणको कुल सङ्ख्या ५२ लाख पुगेको छ, यो सङ्ख्या विश्वका कुल सङ्क्रमितको सङ्ख्याको एक चौथाइ हो । अमेरिका कोभिड–१० सबैभन्दा प्रभावित देश हो, जहाँ सङ्क्रमितको र मृत्यु हुनेको सङ्ख्या सबैभन्दा धेरै छ ।

             अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ५२ लाख ५१ हजार चार सयभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोनाका कारण एक लाख ६६ हजार एक सयभन्दा धेरैको मृत्यु भएको छ ।दोस्रो धेरै प्रभावित देशमा ब्राजिल रहेको छ । ब्राजिलमा अहिलेसम्म ३० लाख ५७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा एक लाख एक हजार आठ सयभन्दा धेरैको मृत्यु भएको छ । तेस्रो धेरै प्रभावित रहेको भारतमा २२ लाख ६९ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा ४५ हजार तीन सयभन्दा धेरैको मृत्यु भइसकेको छ ।  

प्रकाशित : २७ श्रावण २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६