कपिलवस्तु
कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगरले तोकिएको भन्दा बढी भाडा लिए पछि २ सवारी साधनलाई पक्राउ गरेको छ । भारतबाट नेपाल आएका नेपाली नागरिकलाई सुरक्षित तरीकाले गन्तव्यमा पुराउने क्रममा बढी भाडा लिइएको थियो । सिमाक्षेत्र कृष्णनगरमा नेपाली सेनाले सञ्चालन गरेको होल्डिंग सेन्टरबाट अर्घाखाँची र दाङ तर्फ जान लागेका २ सवारी साधनले बढी रकम असुलेको इलाका प्रहरी कार्यालय कुष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।
लु १ ख २४७ नम्बरको बसले अर्घाखाँची तर्फ जाँदै गर्दा प्रति ब्यक्ती १ हजार ५ सय रुपैया लिइएको थियो । सरकारले कृष्णनगर देखी अर्घाखाँची सम्मको लागी ३ सय ५० भाडा तोकेको छ । यसै गरी लु २ ख १५७० नम्बरको फोर्सले दाङ सम्म यात्रा गर्दा २ हजार रुपैया लिएको थियो । प्रहरीका अनुसार दाङका लागी २५० रुपैया भाडा तोकिएको छ । सवारी साधनका साथमा बस मालिक गणेश बस्नेत, बस चालक रमेश नेपाल, फोर्स मालिक रामदिन चौधरी र चालक राजु यादवलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुमा पठाइएको छ । सरकारले तोकेको मूल्य भन्दा दोब्बर लिनु पर्नेमा व्यवस्था रहे पनि बढी रकम लिइएको छ । ती सवारी साधनलाई नियम अनुसार कारबाही गरिने ट्राफिक प्रमुख टक्कर स्वाँरले बताए ।
प्रतिक्रिया