ब्रेकिंग न्युज

तौलिहवाका ३ गंभिर संक्रमित आइसियूमा, आइशोलेशन रित्तै, विपन्न संक्रमित बने शरणार्थी



कपिलवस्तु २७ साउन । कपिलवस्तु नगरपालिकाको तौलिहवामा एकैदिन एकै वडामा ११ जना नयाँ संक्रमित फेला परेपछि स्थानीय ब्यवस्थापनका अस्तब्यस्तता छताछुल्ल भएको  । कपिलवस्तु  नगरपालिकाले तयार पारेका २ वटा आइशोलेशनमा एकजना पनि संक्रमित राखिएको छैन । तर विपन्न समुदायका संक्रमित आफ्नो घरमा अलग्गै आइशोलेशनमा बस्न सक्ने स्थिती नभएपनि आन्तरीक शरणार्थीको रुपमा बस्न थालेका छन् । पछिल्लो बिबरण अनुसार नगरपालिकको वडा नम्बर १ स्थित तौलिहवा बजारमा बिभिन्न पेशा गर्दै आएका ११ जना संक्रमित थपिएका हुन । 

        तौलिहवाको हाट बजारमा मासु पसल संचालन गर्दै आएका ३ जना, सुन पसले ३ जना,  किराना पसले १ जना, औषधी सप्लायर्स १ जना, सामाग्री ढुवानी कर्ता १ जना, फोटोकपी तथा फ्याक्स प्रिन्टवाला २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले वताउनु भएको । यस अघि पनि तौलिहवा बजारकै पान पसले, किराना पसले, जुत्ता चप्पल पसले, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, बिद्यूत कर्मचारी वैंक कर्मचारी, सुरक्षाकर्मी, जन प्रतिनिधी लगायत ११ जनामा कोरोना देखिएको थियो । फोकल पर्सन थापाका अनुसार तौलिहवा बजारबाट लिईएको २ सय २६ नमुनाबाट कुल २२ जना संक्रमित भएका छन । 

        कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था विग्रदै गएपछि तौलिहवाका ३ जना गम्भीर अवस्थामा उपचार गराई रहेका छन् । जस मध्ये १ जनाको काठमाण्डौं स्थित ग्राण्डी अस्पतालमा र बांकी २ जनाको बुटवलमा उपचार भई रहेको छ । कपिलवस्तुमा ८ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भई सकेको छ ।यसैविच समुदायस्तर मै तीब्ररुपमा कोरोना संक्रमण फैलिए पछि तौलिहवा बजार कोरोनाको केन्द्र बनेको छ । तौलिहवामा रहेको कपिलवस्तु अस्पतालका छ जना स्वास्थ्यकर्र्मी एक सुरक्षाकर्मीलाइ समेत कोरोना लागेपछि अस्पतालमा अत्यावश्यक सेवा बाहेक अरु सेवा बन्द गरिएको छ । 

        यस्तै सदरमुकाम तौलिहवाका ६ बैकिङ संस्थाका १३ कर्मचारीहरु समेत संक्रमित भएपछि बैकहरु समेत बन्द छन । सदरमुकाममा कोराना फैलिएए पछि प्रशासनले साउन ३२ गते सम्मकालागि लकडाउन समेत गरेको छ । उता सदरमुकाम तौलिहवामा कोरोना संक्रमितहरु थपिदै गएका पछि होम आइसोलेशनमा बस्ने प्रावधानले संक्रमितहरुले आफुहरु समस्यामा परेको वताएका छन् । सदरमुकाम तौलिहवाको बजारमा रहेका घरहरु स–साना छन । एउटै घरमा पुरै परिवारहरु वस्दै आएको हुदा पनि आफुहर समस्यामा परेको संक्रमीतले गुनासो गरेका हुन् ।

         यस्तोमा आफना परिवारको सदस्य संक्रमित हुदा उनीहरुलाई होम आइसोलेशनमा बस्न गाह्रो परेको मानव अधिकारकर्मी रवि ठाकुर वताउनु हुन्छ । घरमा ठाउ नहुदा कोही आफन्तको शरणमा पुगेका छन् । कोही गैर सरकारी सस्थाको भवनमा बसीरहेका छन । सदरमुकाम तौलिहवामाको चोक बजारमा संक्रमित पुष्टी भएका दुई ब्यापारीहरु घरमा बस्ने ठाउ नभएर महिता रोडमा आफन्तले बनाईरहेको निर्माण सम्पन्न नभएको घरमा बिगत ४ दिन देखि बस्दै आएका छन । संक्रमित जुत्ता पसलेको ४ जना परिवार आफनोे घरमा बस्दै आएका थिए । संक्रमित पुष्टी भए पछि बस्ने छुट्टै ठाउ नभएपछि उनी महितामा निर्मांणाधीन रहेको काका पर्नेको घरमा होम आइसोलेशनमा बसेको ठाकुरले वताउनु भयो ।

         उता सरकारी स्तरमा आइसोलेशनको प्रबन्ध नभए पछि केही ब्यक्तिहरु कालिका सामाजिक विकास केन्द्रमा बसेको छन ।यता होम आइसोलेशनका कारण संक्रमितहरु समस्यामा परीरहेका बेला कपिलवस्तु नगरपालिका क्षेत्र भित्र रहेका २ आईसोशनेमा सेन्टर भने प्रयोगबिहीन छन । महिला तथा बालबालिका कार्यालयको भवन  र जहदी स्वास्थ्य चौकीको आइसोलेशन सेन्टर प्रयोगबिहीन बनेको हो । प्रदेश नम्बर ५ सरकारको सहयोगमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ स्थित महिला तथा बालबालिका कार्यालयमा प्रशासन कार्यालयले २ महिना अघि निर्माण गरेको आइसोलेशनमा अहिले सम्म प्रयोग बिहिन अवस्थामा छ । तर त्यहा अहिले सम्म एक जना बिरामी समेत राखिएको छैन । 

   उता नगरपालिकाको अगुवाईमा जहदी स्वास्थ्य चौकीमा बनाईएको आइसोलेशन समेत अहिले पुरैखाली छ । सरकारले होम आइसोलेशनलाई जोड दिएपछि ती दुबै आईसोलेशन सेन्टर प्रयोगबिहीन बनेको हो । ती दुबै आइसोलेशन सेन्टरलाई संचालनमा ल्याउनु पर्ने नागरिक अगुवा अब्दुल रउफले माग गर्नु भएको छ । यस्तै जिल्लामा २२ जना बैकिङ संस्थाका र त्यसपछि ब्यापारी २१ जना संक्रमित भएको पाईएको हो । स्वास्थ्य कार्यालय अनुसार स्वास्थ्यकर्मी र सुरक्षाककर्र्मी दश दश जना, शिक्षक र सिभिल ईन्जीनीयर नौ नौ जना संक्रमित छन ।

         यस्तै बिखर्थी ८ जना, औषधी पसले ५ जना, पत्रकार, कृषक र गृहणी चर चार जना, गैर सरकारी संस्थाका ३ तथा अन्य १२ जना संक्रमित भएका छन । जिलालमा १४ प्रतिशत कोरोना संक्रमित स्थानीय समुदायस्तरबाट भएका छन । स्वास्थ्य कार्यालयले जारी गरेको प्रतिबेदन अनुसार कुल संक्रमित मध्ये १४ प्रतिशत समुदायस्तरबाट आएका हुन । यस्तै ८४ प्रतिशत भारतबाट र २ प्रतिशत अन्य देशबाट आएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले वताउनु भयो । 

यसैविच जिल्लामा सोमवार साझ सम्म ८ सय ८० जना संक्रमित भेटिएका छन । जसमध्ये ७ सय ६१ जना निको भई घर फर्किसकेका छन । सबै भन्दा बढी कपिलस्तु नगरपालिकामा अहिले ५३ जना सकृय संक्रमित रहेका छन । यस्तै शिवराज नगरपालिकामा ४० जना, कृष्णनगर नगरपालिकामा २२ बुद्ध्भमी, बाणगंगा नगरपालिका र मायादेबी गाउपालिकामा एक एक जना संक्रमित छन । ४ पालिकामा अहिले सकृय संक्रमित नभएको कार्यालयले जनाएको छ । 

प्रकाशित : २७ श्रावण २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६