प्रदेश

कोरोना बीच उपमहानगरको प्रगती चमत्कार पूर्ण,३५ मात्र योजना अधुरा



तुलसीपुर, २७ साउन । कोरोना कहरमा पनि तुलसीपुर उपमहानगरको भौतिक तथा वित्तिय  प्रगती चमत्कार पूर्ण देखा परेकेछ । उपमहानगरले हालै सार्वजनिक गरेको विवरणमा  आर्थिक वर्ष २०७६÷७७ मा ९५ प्रतिशत योजना सम्पन्न गरेको उल्लेखछ । विभिन्न खालका ७ सय ३० योजनामा ६ सय ९१ योजना सम्पन्न गरिएको हो । जुन कुल योजनाको करिब ९५ प्रतिशत हुन आउँछ । ३९ योजना यो आर्थिक वर्षमा सम्पन्न हुन सकेनन् ।

        असारमा मात्रै विकास गर्ने अवधारणालाई परिवर्तन गरेर तुलसीपुरले गत आर्थिक वर्षबाट प्राथमिकता निर्धारण गरेर योजना अगाडि वढाएका कारण समयमै योजना सम्पन्न गर्न सकिएको नगर प्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी दिए । उनले कोरोनाका कारण केही योजनाको रकमान्तरण गर्नुपरेपनि त्यसको संख्या न्युन रहेको जानकारी दिए ।योजना शाखाका प्रमुख टेकवहादुर खड्काका अनुसार गत आर्थिक वर्षमा ४ सय ५७ वटा वडास्तरिय योजनाहरुमा ४ सय ४७ योजना सम्पन्न भएका छन् भने ३८ वटा बहुवर्षिय आयोजनामा ३७ वटा सम्पन्न भइरहेका छन् ।निर्वाचन क्षेत्र नम्वर ३ को स्थानीय पूर्वाधार कार्यक्रम अन्तर्गत १० वटा योजनामा सबै योजनाहरु सम्पन्न भने क्षेत्र नम्वर ३ को पनि ५ वटा योजनामा सबै योजनाहरु सम्पन्न भएका छन् । तुलसीपुर उपमहानगरपालिका दूवै निर्वाचन क्षेत्र अन्तर्गत पर्ने गर्दछ ।संघीय सरकारको ससर्त अनुदान अन्तर्गत शिक्षा तर्फ १० वटा भवन निर्माणका योजनाहरुमा सबै योजनाहरु सम्पन्न भएको पनि योजना शाखाले जानकारी दिएको छ ।

        संघीय समपुरक अन्तर्गतको एउटा योजना पनि सम्पन्न भइसकेको छ ।उपमहानगरपालिकाले सम्पन्न गरेको योजनाहरुमा सिँचाइतर्फ १ सय ३९, खानेपानी तर्फ ६१, भवनका १ सय ९९, अन्य कार्यक्रमतर्फ १ सय ६७ योजनाहरु रहेका छन् । यसैगरी संघीय सरकार विशेष अनुदान अन्तर्गत ४ वटामा ३ योजना, प्रदेश समपुरक अनुदानमा २ वटामा १ जना, प्रदेश सशर्त अनुदान १२ वटामा ११ वटा सम्पन्न भएका छन् ।

        प्रदेश विशेष अनुदान २ वटामा २ वटा, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत २ वटा योजना, तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत ४ वटा योजनामा ३ वटा योजना, गरीबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत ३ वटा योजनामा ३ वटा सम्पन्न भएको योजना प्रमुख खड्काले जानकारी दिए ।संघीय सरकारको कार्यक्रम अन्तर्गत ९ वटा वडामा उर्जा सोलार बत्ति जडानको काम पनि सम्पन्न भएको छ । महिला तथा बालबालिका मन्त्रालय अन्तर्गतको एउटा योजनामा सम्पन्न भइसकेको छ भने सडक बोर्डका २ वटा योजना पुरै बाँकी रहेका छन् ।

प्रकाशित : २७ श्रावण २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६