पाल्पा, साउन २७ गते ।
पाल्पाको निस्दी ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु. १ ज. २८८७
नम्बरको जिप गल्धाको पटकसर नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मङ्गलबार बेलुकी जिप दुर्घटनामा परि छ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा निस्दी गाउँपालिका–५,
गल्धाका ६३ वर्षीय ठकुरप्रसाद फाल र निस्दी गाउँपालिका –४, मित्याल काफलका
तीन महिने बालकको घटना स्थलमै मृत्यु भएको हो ।
निस्दी
रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रहरीका अनुसार
दुर्घटनामा परि घाइते हुनेहरूमा निस्दी–५,
गल्धाका ३८ वर्षीया सुमित्रा सारु, ३६ वर्षीया सेरमती सारु, २० वर्षीया
लक्ष्मी सारु र ३७ वर्षीया तिलकुमारी सारु रहनुभएको छ ।
त्यस्तै
निस्दी–४, मित्याल झ्यालतुङका २५ वर्षीया सृजना गाहा र निस्दी मित्यालकै,
२२ वर्षीया विष्णुमाया सारु घाइते हुनुभएको प्रहरीले जनाएको छ । घाइतेहरूको
उद्दार गरेर उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा पठाइएको छ ।
जिप सडकदेखि
करिब सात सय मिटर तल खसेको छ ।
प्रतिक्रिया