कपिलवस्तु २८ साउन २०७७
कपिलवस्तुका कोरोना अस्पतालमा उपचार
हुदै गरेका २ जनाको मृत्यु भएको छ । बुटवल धागो
कारखानास्थित कोरोना बिशेष अस्पतालमा कपिलवस्तु नगरपालिका र कृष्णनगर नगरपालिकाका गरी
२ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कपिलवतु नगरपालिका–
२ जमुहरा टोलका ४२ बर्षीय राजु भन्ने
कृष्ण कुमार
गुप्ता र कृष्णनगर नगरपालिका– १०
का २५ बर्षीय प्रदीप तेली रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका
कोरोना फोकल पर्सन कुमार थापाले बताए । मृत्यु भएका गुप्ता
कोरोना संक्रमित हुन भने तेलीको भने स्वाब लिए पनी रिपोर्ट आउन बाकीं रहेको छ ।
मृत्यु हुने संक्रमितको लक्षण देखिए पछी
उपचारको लागी बुटवल पठाइएको थियो । कपिलवस्तुका थप दुई जना कोरोना संक्रमितको अवस्थामा
पनि गम्भीर रहेको छ । मस्जिद टोलका मासु व्यापारी र सागरटोलका एक उपचाररत रहेको स्वास्थ्य
कार्यालयले जनाएको छ । जिल्लामा ८ सय ८० जना कोरोना संक्रमित छन्
।
प्रतिक्रिया