जनकपुर, २८ साउन । जनकपुरधामका पूर्व मेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।उनको मंगलबार राति मृत्यु भएको उनका छोरा डा।सन्तोष गिरीले जानकारी दिएका छन् । कोरोना पुष्टि भएपछि गिरी काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थिए । गिरी २०४२ सालमा जनकपुरको मेयरमा निर्वाचित भएका थिए ।
२८ श्रावण २०७७, बुधबार
प्रतिक्रिया