कपिलवस्तु २८ साउन । तोकिएको भन्दा बढी भाडा लिए पछि इलाका प्रहरी कार्यालय कृष्णनगरले २ सवारी साधनलाई पक्राउ गरेको छ । भारतबाट नेपाल आएका नेपाली नागरिकलाई सुरक्षित तरीकाले गन्तव्यमा पुराउने क्रममा बढी भाडा लिएपछि पक्राउ गरेको इलाका प्रहरी कार्यालय कुष्णनगरले जनाएको छ । सिमाक्षेत्र कृष्णनगरमा नेपाली सेनाले सञ्चालन गरेको होल्डिंग सेन्टरबाट अर्घाखाँची र दाङ तर्फ जान लागेका २ सवारी साधनले तोके भन्दा बढी रकम असुलेको इलाका प्रहरी कार्यालय कुष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताउनु भयो ।
अर्घाखाँची तर्फ जाँदै गर्दा लु १ ख २४७ नम्बरको बसले प्रति ब्यक्ती १ हजार ५ सय रुपैया र लु २ ख १५७० नम्बरको फोर्सले दाङ सम्म यात्रा गर्दा २ हजार रुपैया लिएको थियो । लिइएको थियो । सरकारले कृष्णनगर देखी अर्घाखाँची सम्मको लागी ३ सय ५० यसै गरी दाङका लागी २५० रुपैया भाडा तोकिएको इलाका प्रहरी कार्यालय कुष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो ।सरकारले तोकेको मूल्य भन्दा दोब्बर लिनु पर्नेमा व्यवस्था रहे पनि बढी रकम लिइएको भन्दै सवारी साधनका साथमा बस मालिक गणेश बस्नेत, बस चालक रमेश नेपाल, फोर्स मालिक रामदिन चौधरी र चालक राजु यादवलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुमा पठाइएको छ । ती सवारी साधनलाई नियम अनुसार कारबाही गरिने ट्राफिक प्रमुख टक्कर स्वाँरले बताउनु भयो ।
प्रतिक्रिया