एजेन्सी । सामाजिक सञ्जालको एउटा पोस्टविरुद्ध प्रदर्शन गर्न सांसदको घर पुगेको एउटा भीडमाथि प्रहरीले गोली चलाउँदा भारतको बेंगलुरुमा २ जनाको मृत्यु भएको छ।आक्रोशित भीडले २ प्रहरी स्टेशन र कांग्रेस सांसदको घरमा आक्रमण गर्दा प्रहरीले गोली चलाएको बताइएको छ।सांसद अखण्ड श्रीनिवासमूर्तिका एक आफन्तले सामाजिक सञ्जालमा आपत्तिजनक पोस्ट गरेको भन्दै ठूलो भीड मंगलबार राति प्रहरी स्टेशन पुगी कारबाहीको माग गरेको थियो। अर्को भीड भने सांसदको घर पुगेको थियो।
प्रहरीका अनुसार उग्र भीडले सांसदका आफन्त विरुद्ध एफआइआर दर्ता गराउन र तत्काल पक्राउ गर्न माग गरेको थियो। अनियन्त्रित भीडले चौकीबाहिर रहेका गाडीमा आगोसमेत लगायो भने सांसदको घरअगाडि पनि आगजनी भयो। सोही भीड नियन्त्रित गर्न गोली चलाएको प्रहरीले जनाएको छ।प्रहरीले सांसदका आफन्तलाई पक्राउ गरेको छ।कर्नाटकका गृहमन्त्रीले प्रहरीले गोली चलाउँदा २ जना मारिएको पुष्टि गरेका छन्। घटनापछि बेंगलुरुको डीगेहल्ली र केजी हल्ली क्षेत्रमा कफ्र्यु लागू गरिएको बताइएको छ।
प्रतिक्रिया