पर्यटन

कोरोना सङ्क्रमणको जोखिमका कारण भगवती जात्रामा यो वर्ष क्षमा पूजा मात्रै हुने



पाल्पा २८ साउन । पाल्पाको तानसेनमा मनाइने श्रीरणउजिरेश्वरी भगवती जात्रामा यस वर्ष क्षमा पूजा मात्रै हुने भएको छ ।कोरोना सङ्क्रमणको जोखिमका कारण आज परेको जात्रालाई औपचारिकता मात्रै दिइने भगवती गुठी  व्यवस्थापन समितिले जनाएको छ ।हिजो गरिने जाग्रामलाई समेत सीमीत गरिएको थियो । सरकारले जारी गरेको निर्देशनलाई पालना गर्दै नेपाली सेना, गुठियार समिति र  सरकारी प्रतिनिधिले पूजा गरेपछि आज दिउँसो १२ बजे रथलाई मन्दिर परिसरभित्र मात्रै घुमाएर जात्रा विसर्जन गरिने समितिले जनाएको छ ।

      २ सय २ औं भगवतीजात्राका रुपमा मनाउन लागिएको विजयोत्सवमा यस वर्ष बलिसमेत नचढाइने भएको छ । यसअघि  जात्राको अघिल्लो दिन रातभरि जाग्राम बसेर भगवतीको महिमा गाउने र भोलिपल्ट बिहानैदेखि पूजा पाठ गरी भगवतीको मूर्ति रथमा राखेर सिन्दूरजात्रा गर्दे रथलाई बजार परिक्रमा गराउने चलन थियो ।अङ्ग्रेजसँगको युद्धमा नेपाली फौज विजयी भएको दिनको सम्झनामा यो जात्रा मनाउने गरिन्छ । जात्राको अवसरमा प्रदेश ५ सरकारले  पाल्पामा आज सार्वजनिक बिदा दिएको छ । 

प्रकाशित : २८ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६