काठमाडौँ २८ साउन । गत मंसिरमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पाकिस्तानले जितेका तीन वटा पदक खोसिएको छ।नेपाल ओलम्पिक कमिटीका अनुसार दशरथ रंगशालामा भएको एथ्लेटिक्सअन्तर्गत ११० मिटर हडल्समा स्वर्ण जितेका मोहमद नइम, ४ सय मिटर हडल्समा स्वर्ण जितेका मेहबुब अली र सय मिटरमा कास्य जितेका सामी उलाहको पदक खोसिएको हो।तीनै जनाले प्रतिबन्धित औषधी सेवन गरेको पुष्टि भएकाले पदक खोसिएको हो। ओलम्पिक कमिटीका अनुसार डोपिङमा असफल तीनै जनामाथि २०१९ डिसेम्बर २ देखि लागू हुने गरी चार वर्षको प्रतिबन्ध लगाइएको छ।विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) को नियमअनुसार सागमा सहभागी खेलाडीको डोपिङ टेस्ट गरिएको थियो।
जसको कतारको राजधानी दोहास्थित एन्टी डोपिंङ ल्याबमा परीक्षण गराउदा तीन जना खेलाडीले निषेधित पदार्थ सेवन गरेको पुष्टि भएको थियो।नियमअनुसार खेलाडीलाई दोस्रो पटक परीक्षण गराउने अवसर दिइएको थियो। जसमा नइम र मेहबुबले दोस्रो पटक परीक्षण गराउदा पनि असफल भएपछि उनीहरु कारबाहीमा परेका हुन्।११० मिटर हडल्समा भारतका खेलाडीले रजत र श्रीलंकाका खेलाडीले कास्य जितेका थिए। यस्तै चार मिटर हडल्समा रजत र कास्य दुवै पदक भारतीय खेलाडीले हात पारेका थिए।१३औं सागमा पाकिस्तानले १३२ पदक जितेका थियो। जसमा ३२ स्वर्ण समावेश थिए। दुई पदक खोसिएपछि पाकिस्तानको नाममा अब ३० स्वर्ण मात्र हुनेछ।
प्रतिक्रिया