कपिलवस्तु २८ साउन । संक्रमण जति बढेपनि एकजना पनि मृतक नहुदा सुरक्षित मानिएको कपिलवस्तुमा बुधवार एकाएक असुरक्षा महशुस भयो । जनस्तरमा भविश्य प्रति तनाव बढ्यो भने सुरक्षा कमाण्ड सम्हाल्नेमा राज्यको उपस्थिती फितलो भए भयाभह स्थिती आउने आकलन भयो । फलस्वरुप प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल र प्रहरी उपरिक्षक नवराज अधिकारी नै फिल्डमा उत्रिनु भयो । प्रजिअ पौडेलका अनुसार तौलिहवावाट लकडाउन कार्यान्वयनको अवस्था नियाल्दै , बहादुरगंज, कृष्णनगर , शिवराज, बुद्धभूमि, हुदै बाणगंगा लगायतका स्थानका मुख्य चोक र सडकहरुमा अवलोकन गर्ने काम भयो ।
सो क्रममा आवश्यक काम बाहेक बाहिर पैदल निस्किएका सर्वसाधारणलाई सम्झाई बुझाई गरी फेरि गल्ती नगर्ने सर्तमा छोडिएको छ भने जथाभावी मोटरसाइकल, स्कुटर र निजी गाडी चलाउनेको चाबी नै तान्ने र साधन कब्जामा राख्ने, जरिवाना तिराउने लगायतका कारबाही भए । प्रजिअ पौडेलले लकडाउन उलंघन गर्नेलाई एकसय रुपैया जरिवना लिने र सिडियोले आवश्यक ठानेमा एक महिना सम्म थुनामा राख्ने आदेश दिन सक्ने कानुनी ब्यवस्था भएको स्पष्ट पार्नु भयो ।
अहिले सम्म कसैलाई पनि थुनामा राख्ने कदम चालिएको छैन तर लकडाउनको अवज्ञा निरन्तर भएमा सवक सिकाउने गरि केहिलाई थुनामा पठाउने सम्म कदम चाल्ने उहाले प्रष्टयाउनु भयो । लक डाउन केहि होइन जसरी सडकमा निस्कदा एक महिना थुनामा जाने स्थिती नआओस भन्नेहो भने सचेत रहन परयो उहाले प्रेसपाटीसंग भन्नु भयो ।
यता प्रजिअ नै प्रत्यक्ष फिल्डमा खटिएर लकडाउन कार्यान्वयको अनुगमन गर्ने भएपछि आज दिनभर कपिलवस्तु प्रहरी र मातहतका प्रहरी समेत त्यसरी नै परिचालित भए । प्रहरी उपरिक्षक नवराज अधिकारीका अनुसार जिल्लाभरमा संझाई बुझाई , चेतावनी दिई , जरिवना तिराई करिव १ हजार बढीलाई सचेत पारिएको छ । अव प्रहरी लकडाउन कार्यान्वयनमा आक्रमक शैलीमा उत्रन वाध्यछ भन्दै जनताको जीवन रक्षाकालागि जारी भएको लकडाउन आदेश पालना गराउन प्रहरी सक्षम हुने औल्याउनु भयो । जनताको चेतनाले स्वत अंगिकार नगरे प्रहरीका हातमा लाठी छ त्यही प्रयोग गर्न वाध्य हुने हो उहाले प्रष्टयाउनु भयो ।
यस महामारीबाट बच्ने एक मात्र उपाय घरबाहिर ननिस्कनु रहेको भन्दै उपरीक्षक अधिकारीले इमान्दार भएर राज्यले भनेका कुरा र नियमहरु पालना गर्न जिल्लबासीलाई आग्रह गर्नुभयो ।’ प्रजिअ र उपरिक्षकको जिल्ला ब्यापी अनुगमनसंगै जनताले प्रहरीको उपस्थिती प्रभावकारी भएको महशुस गरेका छन् । साउन २७ गते बसेको जिल्लाको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले ३२ गतेसम्म जिल्लामा पूर्ण लक डाउन गरेको छ ।
अत्यावश्यक सेवा र खाद्यान्न तथा तरकारीका पसलहरु ८ बजेदेखि १० बजेसम्म २ घण्टा खोल्ने ब्यवस्था गरिएको छ । जिल्लामा बुधबार साँझसम्म ९ सय १ पुगेका छन् । आइसियूमा रहेको गंभिर विरामी अझै २ जना रहेका छन् । संक्रमितमा लक्षण देखा पर्ने क्रम वढेको कोरोना फोकल पर्सन कुमार थापाको भनाइछ ।
प्रतिक्रिया