ब्रेकिंग न्युज

कपिलवस्तु जिल्ला अस्पतालका २ डाक्टर सहित १६ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण ।



कपिलवस्तु २८ साउन 

कपिलवस्तुको जिल्ला अस्पतालका २ डाक्टर सहित १६ स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ ।  बुधबार बुधवार थपिएका १८ जना मध्ये २ जना समुदायका रहेका छन । कपिलवस्तु जिल्ला अस्पतालबाट संकलन गरेका ९१ स्वाव संकलन गरीएको थियो । स्वास्थ्य कार्यालयका अनुसार ६० जनामा कोरोना देखिएको छैन भने १३ जनाको रिपोर्ट आउन बाकी रहेको छ ।

यो थप भए संगै जिल्लामा संक्रमितको संख्या ९०१ पुगेको छ । ९५ जना संक्रमित उपचारका क्रममा रहेका छन । उपचारमा रहेका सवै समुदायबाट संक्रमित भएका हुन । कपिलवस्तु नगरपालिकामा ७० जना कष्णनगरमा २१ जना शिवराज नगरपालिकामा ४ जना उपचारका क्रममा रहेका छन । बुधवार कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा उपचारमा रहेका १ संक्रमित सहित २ जनाको मृत्यु समेत भएको पुष्टी भएको थियो । कपिलवस्तुमा वैंकर, स्वास्थ्यकर्मी , शिक्षक विद्यार्थी, व्यापारी, सुरक्षाकर्मीमा कोरोना देखिएको छ । 

प्रकाशित : २८ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६