प्रदेश

प्रदेश ५ कै रेड किल्ला : कपिलवस्तु नौसय बढी संक्रमितको जिल्ला



कपिलवस्तु २८ साउन  प्रदेश नम्बर ५ मै सबै भन्दा बढी संक्रमित भएको कपिलवस्तुमा कोरोना संक्रमितको संख्या नौ सय नाघेको छ । बुधवार एकै पटक १८ जना संक्रमित थपिए पछि जिल्लामा कारोना संक्रमितको संख्या नौ सय एक जना पुगेका हो । बुधवार थपिएका १८ जना सबै कपिलसतु अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी हुन । अस्पताल प्रशासन अनुसार नौ  जना स्वास्थ्यकर्मी, र नौ जना कर्मचारी कारोना संक्रमित पुष्टी भएका  हुन । अस्पतालको प्रशासन, काउन्टर र चेमनागुहमा कार्यरत कर्मचारी संक्रमित भएका छन ।

        यससंगै कपिलस्तु अस्पतालमा संक्रमितको संख्या २४ जना पुगेका छ । त्यस मध्ये एक जना निको भई काममा फर्कि सकेकी छिन । अस्पतालमा गत साउन २६ गते संकलन गरिएको ८५ जनाको मध्ये १४जनाको स्वावको रिपार्ट अझै आउन बाकी छ । कोरोना संक्रमित भेटिए पछि अस्पताल प्रशासनले अस्पतालमा अति आकस्मिक सेवा बाहेक अन्य सबै सेबाहरु अर्को सुचना जारी नगर्दा सम्मकालागि बन्द गरेको छ । उता बृुटवल स्थित कोरोना बिशेष अस्पतालमा उपचारत कपिलस्तुका दुई जनाको मृत्यु भएको छ । 


प्रकाशित : २८ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६