२८ साउन।
नेपाल युवा परिषदले हरेक
बर्ष अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गर्ने राष्टिय युवा
सम्मेलन आज सम्पन्न भएको छ। विगतका वर्षहरुमा देशभरिका २०४ बढी युवाहरुको
प्रत्यक्ष उपस्थितिमा हुने सम्मेलन यस बर्ष भने भर्चुअल माध्यमबाट आयोजना
गरिएको सस्थापक अध्यक्ष सरोज बानियाले बताउनु भयो। “कोविड १९ को महामारिलाई
मध्यनजर गर्दै यस बर्ष भर्चुअल माध्यमबाट सम्मेलन आयोजना गर्यौ,युवाको
उत्साहजनक उपस्तिथि सहित कार्यक्रम सम्पन्न भएको छ” अध्यक्ष बानियाले भन्नु
भयो।
नेपाल युवा परिषद देशभरका ७ वटै प्रदेशका ७७ वटै जिल्लामा
विस्तार प्रक्रियामा छ। यसै सम्मेलन मार्फत युवाको बर्षभरिका कार्यलाई
मुल्यांकन गर्दै उष्कृट प्रदेश,जिल्ला, छनौट गरिदै आएको छ। यस बर्ष
उत्कृष्ट प्रदेशको रुपमा कर्णाली प्रदेश सम्मानित भएको छ । त्यस्तै प्रदेश न
४ को म्याग्दी शाखा उत्कृष्ट जिल्ला घोषित भएको छ।
बिगतका वर्षहरुबाटै
जिल्लामा उदाहरणिय कार्य गर्दै आएको म्याग्दी शाखाले कोरोना बिरुद्दको
लडाईमा पनि उल्लेखनीय भुमिका खेल्दै आएको थियो। उत्कृष्ट शाखाका अध्यक्ष
छवी आचार्यले नेपाल युवा परिषद र म्याग्दी शाखाका सहकर्मी प्रती कृतज्ञ
रहेको बताउनु भएको छ। “एक्लो प्रयासले सम्भव थिएन, हरेक समय समाजमा खटिने
युवा साथिलाई धन्यवाद दिन चाहान्छु साथै शुभकामना ” शाखा अध्यक्ष आचार्यले
भन्नुभयो।








प्रतिक्रिया