अन्तर्राष्ट्रिय

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था थप गम्भीर बन्दै



काठमाण्डौ २९ साउन । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएको छ । शल्यक्रिया पश्चात् आजसम्म पनि उहाँको स्वास्थ्यमा कुनै सुधार नआएको उहाँको उपचारमा संलग्न  डाक्टरलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् । उहाँ गएको साउन २६ गतेदेखि दिल्लीको आर्मी आरआर अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको अवस्था थप चिन्ताजनक बन्दै गएको छ ।कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । अवस्था चिन्ताजनक भएपछि बचाउनका लागि मुखर्जीको मस्तिष्क शल्यक्रिया गर्नुपरेको अस्पतालले जनाएको छ ।

प्रकाशित : २९ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६