लुम्बिनी

कोरोनाको हटस्पट बाँकेमा औलो प्रकोप, ४२ जना संक्रमित



नेपालगञ्ज २९ साउन । कोरोना संक्रमणको हटस्पट बनेको बाँकेको नरैनापुरमा औलो संक्रमण फैलिएको छ। नरैनापुरमा मात्रै ४२ जनामा औलो रोगको संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। औलो रोग लामखुट्टेको टोकाइबाट सर्छ।समयमै उपचार हुन नसके संक्रमितको ज्यान नै जान सक्छ। लामखुट्टेको प्रकोप धेरै हुने भएकाले बाँकेको नरैनापुर औलो रोगको उच्च जोखिममा छ। हरेक वर्ष चैतदेखि असारसम्म नरैनापुरमा औलो रोगको प्रकोप देखिँदै आएको छ।आर्थिक वर्ष २०७५\०७६ मा नरैनापुरमा १५ जनामा औलो संक्रमण देखिएको थियो। चालु आर्थिक वर्ष २०७६\२०७७ मा नरैनापुरका ४२ जनामा औलोको संक्रमण देखिएको हो।

          साउन १ गतेदेखि हालसम्म नरैनापुरका थप ४ जनामा औलोको संक्रमण देखिएको छ। कोरोना संक्रमणको जोखिमका कारण यो वर्ष औलो रोगको परीक्षण एक तिहाई मात्रै भएपनि संक्रमितहरुको संख्या भने तीन गुणा देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेकी औलो फोकल पर्सन दुर्गा गौतमले बताइन।कोरोनाको जोखिम बढेपछि चैतदेखि असारसम्म नरैनापुरमा मात्रै भारतबाट एक हजार ३१३ युवा फर्किएका थिए। ठुलो संख्यामा भारतबाट घर फर्किएका युवाहरुले औलोको संक्रमण पनि सँगै ल्याएको अनुमान स्वास्थ्यकर्मीहरुको छ।बाँके नरैनापुरको क्वारेन्टाइनमा बसेका एक जनामा औलोको संक्रमण देखिएको थियो। 

             विदेशबाट नेपालमा भित्रने औलो संक्रमितमध्ये ९८ प्रतिशत भारतबाट आउने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ।कोरोना संक्रमणको जोखिम बढ्दै गएका कारण यो वर्ष चैतदेखि हालसम्म लाखौंको संख्यामा युवाहरु भारत लगायत तेस्रो मुलुकबाट नेपाल फर्किएका थिए।औलोको संक्रमण पनि महामारीको रुपमा फैलनसक्ने जोखिम रहेको सेभ द चिल्ड्रेनका औलो निगरानी, संयोजक डा. मदन कोइरालाले बताए।बाँकेको नरैनापुरमा गरीब तथा विपन्न समुदायको बसोबास छ। ३१ प्रतिशत मात्रै साक्षरता भएको नरैनापुरमा स्वास्थ्यसम्बन्धी सचेतनाको अवस्था निकै नाजुक छ।लामखुट्टेको प्रकोप धेरै हुने क्षेत्रका मानिसहरुलाई औलो रोगको जोखिमबाट जोगाउनका लागि लामुखुट्टेको टोकाइबाट बचाउनुपर्छ। लामखुट्टेको टोकाइबाट जोगाउने सबैभन्दा सहज र प्रभावकारी उपाय भनेको झुल टाँगेर सुत्नु नै हो।

प्रकाशित : २९ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६